साउदी अरबले विदेशी उडानमाथि लगाइएको प्रतिबन्ध हटायो

साउदी अरबले डिसेम्बरमा लगाएको अस्थायी यात्रा प्रतिबन्ध हटाएको छ । यो प्रतिबन्ध कोभिड–१९ को नयाँ भेरियन्टको खतरालाई मध्यनजर गर्दै लगाइएको थियो ।
साउदी अरबको गृहमन्त्रालयले आइतबार बिहान यो जानकारी दिएको हो । यो यात्रा प्रतिबन्ध थुप्रै देशमाथि लगाइएको थियो ।
साउदी प्रेस एजेन्सीले गृहमन्त्रालयलाई उद्धृत गर्दै भनेको छ, ‘आइतबार बिहान ११ बजेदेखि साउदी अरबमा हावा, जमिन समुद्रको बाटो मार्फत् पुनः प्रवेश सुरु भएको छ ।’
यद्यपि, केही प्रतिबन्ध अहिले पनि लागू छन् जस्तै बेलायत, दक्षिण अफ्रिका र अन्य देशबाट साउदी अरब प्रवेश गर्न चाहने नागरिकले देशमा प्रवेश हुनुभन्दा १४ दिन अघि यी देशबाहिर बस्नुपर्ने हुन्छ ।
यसै गरी साउदी नागरिक जसललाई मानवीय र आवश्यक मामिलाका लागि प्रवेश गर्न अनुमति छ, उनीहरुलाई कोभिड–१९ को नयाँ भेरियन्ट भएको देशबाट आएको खण्डमा १४ दिन आफ्नो घरमा नै निगरानीमा बस्नुपर्ने हुन्छ ।
बेलायतमा भेटिएको कोभिड–१९ को नयाँ भेरियन्टको मामिला अब थुप्रै युरोपेली देश जस्तै फ्रान्स, स्विडेन र स्पेनमा पनि भेटिइसकेका छन् । दक्षिण अफ्रिका, जोर्डन, क्यानडा र जापानमा पनि नयाँ भेरियन्ट पाइएको छ ।
साउदी अरबमा पनि कोरोनाको भ्याक्सिन दिन सुरु गरिइसकिएको छ । हाले साउदी अरबका युवराज मोहम्मद बिन सलमानले भ्याक्सिन लगाएको भिडियो सार्वजनिक भएको थियो ।
यहाँ कोभिड–१९ का संक्रमितको संख्या र यसबाट हुने मृत्युदरमा पनि कमी हुन सुरु भइसकेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार १०१ नयाँ संक्रमित फेला परेका छन् जुन पछिल्लो ९ महिनामा सबैभन्दा कम हो ।
साउदी अरबमा कोरोनाभाइरसका अहिलेसम्म ३,६२,४८८ संक्रमित फेला परिसकेका छन् । यीमध्ये २,७७२ सक्रिय संक्रमित छन् भने ४०१ जनाको स्थिती गम्भीर छ । जनवरी १ सम्म यहाँ ६,२३० जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्र प्रहरीको बढुवामा ज्येष्ठतालाई मुख्य आधार बनाउनुपर्ने
-
कोटीहोम विवादः अन्तरिम आदेशमा असन्तुष्टि जनाउँदै महानगरको भ्याकेट
-
‘नो केबलकार समूह’ लाई फेरि वार्तामा बोलायो सरकारले
-
नेतृत्व टीम नबदलिएसम्म पार्टी निर्माण हुन सक्दैन : जनार्दन शर्मा
-
सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप मंगलबारदेखि
-
ऊर्जाराज्यमन्त्री भन्छन्– कुलमानलाई हटाउन हुँदैन