शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

‘राधे’ ओटीटीमा रिलिज नगर्न सलमानलाई सिनेमा घरको पत्र

आइतबार, १९ पुस २०७७, १२ : ४८
आइतबार, १९ पुस २०७७

मुम्बई । सुपरस्टार सलमान खान अभिनित फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाइ’को यतिबेला पोष्ट प्रोडक्सनको काम चलिरहेको छ । सम्भवतः फिल्म आगामी ईदमा पनि रिलिज हुन सक्छ । कोरोनाको कहरका कारण फिल्म सिनेमा घरको सट्टा ओटीटी प्लेट फर्मबाट पनि रिलिज हुनसक्छ ।

सिनेमा घरका मालिकले भने एक पत्र लेख्दै फिल्म ओटीटीमा रिलिज नगरेर सिनेमा घरमै रिलिज गर्न अभिनेता सलमान खानलाई अनुरोध गरेका छन् । उनीहरुले फिल्म ईदमै रिलिज गरे राम्रो हुने सुझाव समेत पत्र मार्फत दिएका छन् ।

फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाई’मा सलमानको अलवा दीशा पाटनी, ज्याकी श्राफ र रणदीप हुड्डा समेतको मुख्य भुमिका रहेको छ ।  फिल्मको निर्देशन प्रभुदेवाले गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप