बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरको गेष्ट हाउसमा महिलामाथि सामुहिक बलात्कार, भक्तपुरमा बालिका बलात्कृत

आइतबार, १९ पुस २०७७, १२ : ४४
आइतबार, १९ पुस २०७७

 

ललितपुरस्थित एक गेष्ट हाउसमा बोलाएर एक महिलामाथि सामुहिक बलात्कार भएको छ । ललितपुर महानगरपालिका–१७ ग्वार्खोस्थित लुम्बिनी गेष्ट हाउसमा २७ वर्षीया महिलामाथि जबरजस्ती करणी भएको हो ।

ती महिलालाई शुक्रबार दिउँसो ललाई फकाई प्रलोभनमा पारी २ जनाले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले सोही गेष्ट हाउसबाट तीन जनालाई शनिबार बिहान पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रे बेथानचोक गाउँपालिका बस्ने ४३ वर्षीय अर्जुन प्रसाद तिम्लसिना लगायत २ जना रहेका छन् ।

यता, भोजपुरमा ७७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा हतुवागढी गाउँपालिका–५ होम्ताङ बस्ने ४५ वर्षीय जय कुमार राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती महिलाको घरमा कोही नभएको अवस्थामा राईले उनलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय घोरेटारबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यता, भक्तपुरमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने २८ वर्षीय नवराज कार्कीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई बिहीबार राति जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले कार्कीलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप