राष्ट्रपति, प्रधानमन्त्री र सभामुखले सर्वोच्चमा जवाफ पेस गर्ने
काठमाडौं । प्रधानमन्त्री, राष्ट्रपति र सभामुखले संसद विघटनबारे सर्वोच्च अदालतले मागेको लिखित जवाफ आज आइतबार बुझाउँदै छन् ।
संसद् विघटनविरुद्ध परेका रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गर्दै प्रधानमन्त्री र राष्ट्रपति कार्यालयलाई लिखित जवाफ पेस गर्न पुस १९ गतेसम्मको समय दिएको थियो ।
राष्ट्रपतिका तर्फबाट राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीका तर्फबाट प्रधानमन्त्रीको कार्यलयले महान्यायाधिवक्ताको कार्यालयमार्फत जवाफ पेस गर्नेछन् । त्यस्तै सभामुखले भने संसद सचिवालयमार्फत जवाफ पेश गर्ने तयारी गरेको बुझिएको छ ।
‘आज राष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट सर्वोच्चले मागेको लिखित जवाफ पेश गर्दैछ’ महान्याधिवक्ता कार्यालय स्रोतले भन्यो ‘तयारी भइरहेको छ कार्यालय समयमा पेश गर्छो ।’
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी आगामी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् । त्यसपछि संसद विघटन हुन नसक्ने जिकिर गर्दै सर्वोच्चमा एक दर्जन रिट दायर भएका थिए ।
संवैधानिक इजलासले सरकारसँग संसद विघटन गर्नुको लिखित जवाफ माग गर्दै अर्को पेसी पुस २२ गतेका लागि तोकेको छ । पुस २२ गतेदेखि निरन्तर सुनुवाइ हुनेछ । इजलासले सर्वोच्च अदालतको सहयोगी (एमिकस क्युरी) झिकाउने आदेशसमेत दिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री भण्डारी र कोरियाली समकक्षीबिच टीआइपीएफ सम्झौतामा हस्ताक्षर
-
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
-
सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह
-
मनाङमा जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन
-
सिरिया छाड्ने तयारी गर्दैछ रुस ?
-
आमा बनिन् अभिनेत्री नन्दिता केसी