१५ हजार वैज्ञानिक र २ सय कम्पनीहरुले यसरी बनाउँछन् वर्षमा ६ अर्ब भ्याक्सिन
अक्षय बाजपेयी/हैदरावाद
म हैदराबाद गएको थिएँ । सबैभन्दा पहिले शहरबाट ४० किलोमिटर टाढाको जिनोम उपत्यका पुगेँ किनकी यहाँ देशका तीन ठूला कम्पनीहरुले कोरोना खोप विकास गरिरहेका छन् । यसमा भारतको बायोटेक, बायोलोजिक ई र इन्डियन इम्युनोलोजिकल्स लिमिटेड समावेश छन् ।
जिनोम उपत्यकामा प्रवेश अनुमति पाउनलाई केही समस्या छैन किनकी यसको बीच–बीचमा गाउँ जानका लागि सडकहरु छन् र दिनभर मानिसहरुको आवतजावत चलिरहन्छ, तर यहाँ रहेका ठूलाठूला कारखानामा भने कसैलाई प्रवेश छैन ।
यही रहेको भारत बायोटकको कारखानामा केही दिनअघि प्रधानमन्त्री नरेन्द्र मोदी पुगेका थिए र उनले कोभ्याक्सिनको विकासबारे जानकारी लिएका थिए । त्यसयता, यहाँ सुरक्षा अझै कडा बनाइएको छ । ६ सय वर्ग किलोमिटरभन्दा धेरै इलाकामा फैलिएको यस उपत्यकालाई देशको सबैभन्दा ठूलो लाईफ साइन्सेज क्लस्टर भनिन्छ । जिमोन उपत्यकाको नाम एशियाका प्रमुख लाईफ साइन्सेज क्लस्टरमा पनि आउँछ, किनकी यहाँबाट १ सयभन्दा धेरै देशमा भ्याक्सिन पठाउने गरिन्छ ।
सबैभन्दा पहिले म भारत बायोटेकको कारखाना नजिकै पुगेँ । सुरक्षागार्डका अनुसार यहाँका सबै स्टाफ बसबाट आवतजावत गर्छन् ।
कर्मचारीबाहेक पहिले अनुमति लिएका मानिसमात्रै यहाँ आउन पाउँछन् । यसबाहेक कसैलाई पनि प्रवेशको अनुमति छैन । भारत बायोटेकले जुलाईदेखि नोभेम्बरबीच कोरोना भ्याक्सिन विकास गरिरहेका आफ्ना वैज्ञानिकहरुलाई गेस्ट हाउसमै राखेको थियो । डिसेम्बरदेखि वैज्ञानिकहरुले घर आउन जान सुरु गरे ।
जिनोम उपत्यका शहरबाट निकै टाढा छ, यसैकारण पुरै कर्मचारी कम्पनीको बसमै आवत–जावत गर्छन् । भारत बायोटेकबाट केही कदम पर बायोलोजिकल ई कारखाना छ ।
यहाँ पनि बाहिरका मानिसलाई प्रवेश निषेध छ । प्रवेशद्वारसँगै मैले खानाको प्याकेट लगिदैँ गरेको देखेँ, तब मैले त्यहाँका सुरक्षाकर्मीलाई सोधें – ‘के यी मानिसहरु कोरोना भ्याक्सिनको टिममा समावेश छन् ।’
जवाफ आयो – ‘सबै कर्मचारीका मानिस हुन् । खानाको प्याकेट बाहिरबाट आउँछ ।’
१५ हजार वैज्ञानिक, वर्ष दिनमा ६ अर्ब डोज
जिनोम उपत्यकामा एग्रिकल्चर–बायोटेक, क्लिनिकल रिसर्च म्यानेजमेन्ट, बायोफर्मा, भ्याक्सिन उत्पादान, अनुगमन र परीक्षण गर्ने २ सयभन्दा धेरै कम्पनीहरु छन् । त्यसैले यसलाई लाईफ साइन्सेज क्लस्टर भनिन्छ ।
जिनोम उपत्यकाबारे तेलंगाना सरकारका लाईफ साइन्सेज एन्ड फर्माका निर्देशक शक्ति नागप्पन भन्छन्, ‘केही समयअघि हामीले एक सर्भे गराएका थियौँ । त्यसबाट थाहा भयो कि जिनोम उपत्यकामा १५ हजारभन्दा धेरै वैज्ञानिक जनशक्ति छन् । प्रत्यक्ष–अप्रत्यक्ष रुपमा यहाँ लाखौँ मानिसहरुलाई रोजगारी मिलिरहेको छ ।’ रिपोर्टअनुसार आगामी १० वर्षमा यहाँ चार लाखभन्दा धेरै रोजगारी सिर्जना हुनसक्छ ।
एशियाको प्रमुख फर्मा क्लस्टरमध्ये एक
मैले शक्ति नागप्पनलाई सोधेँ, ‘जिनोम उपत्यकामा वर्षदिनभर कति परिमाणमा औषधि बन्छ ?’
यसबारे उनी भन्छन्, ‘भ्याक्सिनको ६ अर्ब डोज यहाँ हरेक वर्ष बन्छ । यो अलग–अलग रोगहरुको अलग–अलग औषधि हो ।’
मैले सोधें, ‘जिनोम उपत्यकाबाट विश्वको आधा जनसंख्यालाई पुग्ने कोरोना भ्याक्सिन उत्पादन गर्न सकिन्छ पनि भनिएको छ नि ?’
यसबारे उनले भने,‘यो तथ्य कहाँबाट आयो मलाई थाहा छैन । तर जिनोम उपत्यका एशियाको प्रमुख साइन्सेज क्लस्टरमध्ये एक हो ।’
डाक्टर ऐल्लाले अघि सारेका थिए योजना
जिनोम उपत्यका बनाउने प्रस्ताव भारत बायोटेकका महानिर्देशक डाक्ट कृष्णा एम ऐल्लाले अघि सारेका थिए । उनले १९९६ मा तेलांगनाका तत्कालीन मुख्यमन्त्री चन्द्रबाबु नायडूसामु बायोटेक नलेज पार्क बनाउने विषयमा प्रेजेन्टेशन दिएका थिए । यसपछि आन्ध्रप्रदेश औद्योगिक पूर्वाधार कर्पोरेशनमार्फत नलेज पार्कका लागि जमिन उपलब्ध गराइयो ।
भारतका लागि यो नयाँ योजना थियो, त्यसैले सरकारले पनि यसमा निकै चासो दियो । सबैभन्दा पहिले यहाँ भारत बायोटेकको हेपटाइटिस भ्याक्सिन प्लान्ट स्थापना भयो । त्यसपछि आईसीआईसीआई नलेज पार्क र अन्य धेरै कम्पनीहरु यहाँ आए र यसको नाम जिनोम उपत्यका बन्यो । यहाँ आज विज्ञानसँग सम्बन्धित १ सयभन्दा धेरै उद्योगहरु छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन लाखभन्दा बढीले अवलोकन गरे अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी
-
बुबाआमाले कोठामा थुनेर राखेका बालकसहित चार बेसाहारा बालबालिकाको उद्धार
-
काम सकिएपछि अनिवार्य बत्ती अफ गर्न काठमाडौँ जिल्ला अदालतको आग्रह
-
लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन आवश्यक : शर्मा
-
भूकम्प र मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणमा झण्डै एक खर्ब बजेट लाग्ने अनुमान
-
‘माओवादी केन्द्रीय समिति बैठकमा किचिएर मरिएला कि भन्ने डर भयो’