शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फेसबुकमा तरुणीका प्रोफाइल डुलिरहनेहरुका लागि विशेष यज्ञ

आइतबार, १९ पुस २०७७, १२ : १६
आइतबार, १९ पुस २०७७

विभिन्न सामाजिक संजालमा असामाजिक तत्व झैँ दिन रात सक्रिय हुँदै विपरीत लिंगीलाई सन्देश पठाउन तत्पर रहेका भद्रजनको कल्याण निम्मित्त कलियुगी अनुष्ठानको आरम्भ गर्न गइरहेको छु। यस रहस्यमय तथा  परम कल्याणकारी धार्मिक कार्यमा संलग्न हुन चाहने सबै पुरुषगणले हातमा मोबाइल बोकेर पूर्व दिशा उन्मुख भई बस्नु होस्। मोबाइलको स्क्रीन पट्टीको 'फ्रन्ट' क्यामेरामा आफ्नो अनामिका औलाले कुमकुमका केही छींटाले पूजन  गरे पश्चात् दाया हातको अंजुलीमा जल, अक्षता, पुष्प र मध्यमा र तर्जनी औलाका माँझ  २१०० रुपैयाको दक्षिणा च्यापी अंतर्मनमा कामदेवको ध्यान लगाईं राम सीताको स्वयम्बर 'भिजुलाइजेसन' गर्नु होस् -

राम रमापति कर धनु लेहु...

नेपालको तराई 'जोन'को शहर जनकपुरमा सीताको स्वयम्बर आयोजित हुँदैछ ।  सभामा तीनै लोकका तपाईंका माफिक 'सुपर हीरो' उपस्थित छन्। कोही 'ओल्ड दरबार'  पान गरी आएको छ त कोही ब्लैक लेवल र कोहीले १२ वर्ष पुरानो स्कॉच। सबै 'सेल्फी' लिन व्यस्त छन्। सभामा सीताजीको 'एन्ट्री' हुन्छ।  लक्मे फाउण्डेसनको प्रतापले उनको सौन्दर्य 'टीटोटलर' लाई पनि मात लाउने कोटिको छ।

तपाईं जस्ता कागजी 'सुपर 'स्वयम्बरको शर्त पूरा गर्न न्वारनदेखिको बल लाए तर कसैले सकेन। एक एक गरी सबै योद्धा टाउको   निहुराउदै फर्किए। तातश्री जनकको 'बीपी' बढ्यो ... होइन कसैले यो धनुषको मानमर्दन गर्न सक्दैन ?

जनकको बढेको धुकधुकीले द्रवित भई साधु पुरुष  विश्वामित्र भन्छन्- उठहु राम भंजहु भवचापा। मेटहु तात जनक परितापा॥

 साधू आज्ञा पाउन  साथ  भगवान् रामले पहिलो शॉटमै धनुषलाई खंडित गरिदिनुभयो। 

रामले धनुष तोड़दाको यो दृश्य कसैले आफ्नो  मोबाइलबाट  छायांकन गरी परशुरामजीलाई 'व्हाटसअप' गरी दियो।  अति 'सुपर फास्ट ड्रोन' चढेर परशुरामजी आग्नेय नेत्रका साथ सभाभवनमा उपस्थित हुन आई  पुग्नुभयो। उनको बायोग्राफीबाट परिचित हरुवा पुरुषहरुमा जहाँ हर्षको संचार भयो त्यही जनकको भने हालत पतला भयो।  के अनर्थ गर्ने हुन  यी  बूढ़ाले ?

उपस्थित भद्रजनले परशुरामको रीसको 'ग्राफ' झार्ने अनेक प्रयत्न गरे तर बूढ़ाले शांत हुनुको सट्टा आफ्नो 'वीपन' हावामा घुमाउदै मार्ने काट्ने धम्की दिन थाले।

अरुले बुढालाई बुझाउदै गर्दा सीताका  भावी देवर लक्ष्मणले भने सभामा प्रभाव हाल्ने मनशायले मुख खोले -

 नाथ संभु धनु भंजनि हारा। होइहि केउ एक दास तुम्हारा॥
बहु धनुहीं तोरीं लरिकाईं। कबहुँ न असि रिस कीन्हि गोसाईं॥
एहि धनु पर ममता केहि हेतू। सुनि रिसाइ कह भृगुकुलकेतू॥

लक्ष्मणको 'वाक् एंट्री'ले बूढ़ाको क्रोध झन उग्र भयो -

 रे नृप बालक काल बस बोलत तोहि न सँभार।
धनुही सम तिपुरारि धनु बिदित सकल संसार॥

लक्ष्मण थिए नै जन्तीको रमाइलो मूडमा।  आगोमा घिउ थप्दै उनले परशुरामको 'बीपी' झनै 'हाई' बनाउने काम गरे।

 लखन कहा हँसि हमरें जाना। सुनहु देव सब धनुष समाना॥
का छति लाभु जून धनु तोरें। देखा राम नयन के भोरें॥
छुअत टूट रघुपतिहु न दोसू। मुनि बिनु काज करिअ कत रोसू॥

बूढ़ाले  उग्र भई भने -

भुजबल भूमि भूप बिनु कीन्ही। बिपुल बार महिदेवन्ह दीन्ही॥
सहसबाहु भुज छेदनिहारा। परसु बिलोकु महीपकुमारा॥

दाईको बिहेमा गएको भाईको पारा पनि कम कहाँ हुन्छ र  ?

* इहाँ कुम्हड़बतिया कोउ नाहीं। जे तरजनी देखि मरि जाहीं॥
भृगुसुत समुझि जनेउ बिलोकी। जो कछु कहहु सहउँ रिस रोकी॥
सुर महिसुर हरिजन अरु गाई। हमरें कुल इन्ह पर न सुराई॥

परशुरामको क्रोध धीर पुरुष रामले नै शांत गर्नु पर्‍यो।  उग्र भएका परशुरामका  सामु आएर  मर्यादा पुरुषोत्तम विनीत भावले भन्नु हुन्छ -

राम मात्र लघु नाम हमारा।
परसु सहित बड़ नाम तोहारा।।

रामको वाणीले परशुरामलाई आफ्नो 'गेम ओभर' भएको आभास हुन थाल्यो। कता कता 'फीलिंग' आयो म अंश अवतार को 'टाइम अप' भए जस्तो छ विष्णुले पूर्ण अवतार लिइसक्नु भयो। तर भन्ने बित्तिकै कसरी पत्याउने ! उनले 'प्रूफ' माग्ने उद्देश्यले भने -

राम रमापति कर धनु लेहू।
खैंचहु मिटे मोर संदेहू।।

अब तपाईंले पनि सिद्ध गर्नुपर्छ तपाईं राम्रो आचरणयुक्त पुरुष हो। तपाईंले  आफुलाई सोझो सरल 'प्रुभ' गर्नुछ लक्ष्मण झै चपल र 'स्मार्ट' होइन। तपाईंले आफूलाई सैमसंगको 'डिभाइस' होइन मानिस भएको 'प्रुभ' गर्नु छ।

आफ्नो धनुष रामलाई दिदै परीक्षा लिए परशुरामले । उनलाई थाहा छ उनको धनुष विष्णु बाहेक कसैले सन्धान गर्न सक्दैन। परशुरामजी पनि 'ब्यूटी विथ ब्रेन' जस्तै 'स्ट्रेंथ बूथ ब्रेन' सम्पन्न थिए। विश्वस्त हुनलाई उनले रामको परीक्षा लिने निधो गरे।

श्रीरामले धनुष समाते र तुलसी दासले यसको वर्णन यसरी गरे -

देत चापु आपुहि चल गयउ।
परसुराम मन बिसमय भयउ।।

आफुले अवतार हुन साबित गर्न रामलाई कुनै परिश्रम गर्नु परेन।

परशुरामजी सन्तुष्ट भई सभाबाट अरण्यतिर लागे।

अब तपाईंले पनि सिद्ध गर्नुपर्छ तपाईं राम्रो आचरणयुक्त पुरुष हो। तपाईंले  आफुलाई सोझो सरल 'प्रुभ' गर्नुछ लक्ष्मण झै चपल र 'स्मार्ट' होइन। तपाईंले आफूलाई सैमसंगको 'डिभाइस' होइन मानिस भएको 'प्रुभ' गर्नु छ।

त राम्रो हुनलाई तपाईंले युवतीहरुका इनबॉक्समा हाई, हेलो, गुड मॉर्निंग, गुड इवनिंग गर्नु सट्टा आफ्नो घरका स्त्रीहरुलाई खुशी बनाउनु पर्छ 'डेली'को दैनिक जीवनमा।  आफ्नै श्रीमतीको 'बर्थडे विश' फेसबुकमा गर्ने होइन ।

अनुभव र सिद्धहस्तताको आलोकमा भन्न सक्छु तरुणीहरुलाई दिन रात म्यासेज गरेर प्राप्ति केही हुन्न।  र कुनै तरुणीको 'रिप्लाइ' न आउदा परशुराम झै छटपटिनुको उपलब्धि केही हुन्न।

मैले पनि धनुष तोड़न र धनुषको प्रत्यंचा चढाउन दसौं वर्ष  पढेको हुँ।  मलाई प्रत्यंचा चढाउनदेखि 'प्रेस्क्रिप्शन' लेखन सबै कला आउछन् र यो साबित गर्न राम झैं मलाई अलि कति पनि समय लाग्दैन। यसै अनुभव र सिद्धहस्तताको आलोकमा भन्न सक्छु तरुणीहरुलाई दिन रात म्यासेज गरेर प्राप्ति केही हुन्न।  र कुनै तरुणीको 'रिप्लाइ' न आउदा परशुराम झै छटपटिनुको उपलब्धि केही हुन्न। जसरी उनको 'ब्रेन' ले बुझ्यो आँखा अगाडि हाँसिरहेको यो अनुहार साक्षात विष्णु रूप हो, तपाईं पनि बुझ्नुस् आफ्नो घरमा, छिमेकमा, बाटो दोबाटोमा रहेका सबै स्त्री अनुहार साक्षात लक्ष्मी स्वरुप हुन्।

यी लक्ष्मी स्वरूपामध्ये प्रत्येक चौथो महिलालाई पीरियड्सको अनियमितता हुन्छ।  लिपिड्स बढ़ने समस्या हुन्छ।  एलेक्ट्रोलाइट्स कम हुनाले कसैलाई 'वीकनेस' भई रहेको हुन्छ, कोही कसैको 'वेट' बढ़ी रहेको हुन्छ। कोही 'इनफर्टिलिटी' को शिकार हुन्छे, कसैलाई ऑस्टियोपोरोसिस,यूटराइन फायब्रॉइड, यूरिनरी ट्रैक्ट इंफेक्शन हुन सक्छ। छाला सम्बन्धी समस्या, झरेको कपालले यिनको 'मूड' जुन बेला पनि 'स्विंग' भई रहेको हुन्छ। थकान, इरीटेशन, अनिद्राले यिनको स्वभाव नै झगड़ालू बनाइदिएको हुन्छ। यिनमा कामको भाव र चाहना नै मर्दै गइरहेको हुन्छ। भोजनका लागि एंजाइम र निद्राका लागि 'मेलाटोनिन'को शरणमा पुगेका हुन्छन्। 'डिप्रेसन' यिनलाई पर्खेर बसेको हुन्छ। 

कहिल्यै सोच्नु भएको छ पार्कमा बिहान बेलुकी व्यायाम गर्ने महिलाको बाढी किन आएको छ ?  ती सबै हामी जस्ता डाक्टरको क्लिनिकमा दान दक्षिणा बुझाएर आएका हुन्।  त्यहाँ उनको रोगको रोकथामको उपाय होइन औषधोपचार दिइएको छ, विभिन्न टेबलेट र इंजेक्शन सिफारिश गरिएका छन्। यी सबै समयभन्दा पहिला बुढेशकालमा प्रवेश गरेका महिला हुन्।   महिला अधिकार र सशक्तिकरणका कुरा गर्ने ख्वै ? यी सबै महिला आ–आफ्ना व्यथाले रात्रि ढीलोसम्म जाग्राम बसेर अन्त्षमा क्लोनाज़ेपम सेवन गरी सुत्छन् र तपाईं सामाजिक संजालमा मनोविनोद गरी क्वार्टर चढाएर सुत्नु हुन्छ।

कहिल्यै सोच्नु भएको छ पार्कमा बिहान बेलुकी व्यायाम गर्ने महिलाको बाढी किन आएको छ ?  ती सबै हामी जस्ता डाक्टरको क्लिनिकमा दान दक्षिणा बुझाएर आएका हुन्।  त्यहाँ उनको रोगको रोकथामको उपाय होइन औषधोपचार दिइएको छ, विभिन्न टेबलेट र इंजेक्शन सिफारिश गरिएका छन्।

सीता स्वयम्बरमा परशुरामको क्रोधको कुनै वस्त्र थिएन र अहिले तपाईंको दिमागको नाङ्गोपनलाई कुनै वस्त्र छैन।

जाग्नुस्, अब जाग्नुस्।  पति हुनुहुन्छ भने पत्नीलाई अँगालोमा लिनुस्।  पिता हुनुहुन्छ भने छोरीलाई स्नेह स्वरले सोध्नुस् -उसको स्वास्थ्य कस्तो छ ? स्वास्थ्यमा केही गड़बड़ छ भने उपचारार्थ लैजानुस्। घरका सबै महिलाको 'केयर' गर्नुस् ।  न बिर्सनुस् यी तिनै प्राणी हुन् जुन कलश यात्रा, जागरण, उपवास, व्रत, कथा, सत्संग, परम्परा, दान दक्षिणा, हठ, नृत्य, आभूषण, बन्धन,समागम, पवित्रता, धर्म, जन्म जन्मको साथ जस्ता सबै अवधरणा पालना गरेर पर्खालले घेरिएको स्थानलाई घर बनाइरहेका छन्। साँस हुन्जेल यिनीहरु आफ्नो कर्तव्यपालनबाट विमुख हुन्नन।

आफ्नो हवस र कामपिपासाबाट माथि उठेर हेर्नुस् तब मात्रै तपाईंलाई आफ्नो वास्तविक पौरुष सौंदर्यको दर्शन हुन्छ।  भनिन्छ पुरुषको सौंदर्य नै यही हो उसमा नारीको बास हुन्छ।  यसैले त शिव अर्धनारीश्वर छन्।  पुरुष नारीका लागि त्यति नै महत्वपूर्ण छ जति पुरुषका लागि नारी। 

यी जुन तपाईंकै घरमा,तपाईंको वरिपरि हाँसिला अनुहार छन् यिनलाई स्नेहले हेर्नुस्।  यिनलाई 'भर्चुअल वेव'  होइन स्पर्श र प्रेमको प्रत्यक्ष 'वेव' दिनुस। परशुराम बनेर होइन मर्यादापुरुष राम बनेर।  विश्वास गर्नुस् सामाजिक संजालमा आएको प्रत्युत्तरभन्दा धेरै मोहक र जीवन्त 'रिप्लाय' पाउनु हुन्छ।

प्रारम्भमा अंजुलीमा लिएको जल, अक्षत र पुष्प 'कमेंट बॉक्स'मा छाड़ी मलाई दिने २१०० रुपैया आफ्नो खल्तीमा राख्नुस।  घरका कुनै महिलाको 'हेल्थ चेकअप'मा काम लाग्ने छ।

 तपाईंको काम लेखमा टिप्पणी गर्ने हो।  मेरो 'फेसबुक पेज'मा आएर हाई, हेलो, नाइस भनेर केही हुन्न।  थाहा पाई राख्नुस र याद पनि राख्नुस्-

मोनू मात्र लघु नाम हमारा।
इनबॉक्स में वेव करने से कुछ न होगा तोहरा !!

लेखक - मोनिका जौहरी।  लेखनमा पनि सक्रिय मुंबई निवासी मोनिका मनोचिकित्सक  हुनुहुन्छ।   मानव मनबारे विवेचना गरिएका यिनका लेख मन हृदय  छुने खाले हुन्छन् । मोनिकाको यस लेखलाई ज्ञानमित्रले पुनर्लेखन गरेका हुन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप