मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय राजनीतिमा क्युबाको भूमिका

आइतबार, १९ पुस २०७७, १२ : ००
आइतबार, १९ पुस २०७७

क्युबामा क्रान्ति सम्पन्न भएको ६२ वर्ष पुग्दैछ । यी ६ दशकमा यो देशले उल्लेखनीय प्रगति गरेको छ । अमेरिका जस्तो महाशक्ति राष्ट्रको आँखाको कसिङ्गर बनेर ६० वर्ष टिक्नु पनि आफैँमा चानचुने उपलब्धि होइन । अझ अमेरिकाको फ्लोरिडा राज्यबाट केवल ९० माइल मात्र टाढा रहेको देशका लागि । अमेरिकाले क्युबाको क्रान्तिलाई उल्ट्याउन कुनै कसर बाँकी राखेको थिएन । ६० वर्षसम्म लगातार नाकाबन्दी लगाइरह्यो तर पनि क्युबा झुकेन । क्युबाली क्रान्तिका नायक फिडेल क्यास्ट्रोलाई हत्या गर्न मात्र अमेरिकाले ५०० पटकभन्दा बढी प्रयास गर्याे । तर हरेकचोटि ती प्रयास असफल भए । फिडेल आफूले सुरु गरेको क्रान्तिलाई सुदृढ बनाएर ९० वर्षको उमेरमा स्वाभाविक मृत्युवरण गरे । यो टिप्पणीमा क्युबाको अन्तर्राष्ट्रिय भूमिकाको बारेमा सङ्क्षेपमा चर्चा गरिने छ ।

https://i1.wp.com/www.military-history.org

क्युबाले त्यो समयमा एल साल्भाडोर, ग्वाटेमाला, निकारागुवा, कोलम्बिया, बोलिभिया, भेनिजुयेला र अर्जेन्टिनामा चलेका छापामार आन्दोलनलाई सहयोग गरेको थियो । जसमध्ये १९७९ मा निकारागुवाको स्यानडिनिस्टा आन्दोलन मात्र क्रान्ति सम्पन्न गर्न सफल भयो । त्यसै क्युबाले अफ्रिकाको अल्जेरिया, गिनी बिसाउ, अङ्गोला आदि देशका मुक्ति आन्दोलनलाई समर्थन गरेको थियो ।

 क्युबाले सन् ६० र ७० को दशकमा ल्याटिन अमेरिका र अफ्रिकाका बामपन्थी छापामार आन्दोलन र राष्ट्रिय मुक्ति आन्दोलनलाई समर्थन र सहयोग गरेको थियो । जसमध्ये चे ग्वेभाराको कङ्गो र बोलिभिया अभियान प्रख्यात छ । दुर्भाग्यवश यी दुवै अभियान असफलतामा टुङ्गिए र चे ग्वेभाराको दुखद मृत्यु भयो । तर यसले क्युबाको विश्व क्रान्ति र मुक्तियुद्धलाई समर्थन गर्ने कार्यमा बिराम लागेन बरु अनवरत रूपमा जारी नै रह्यो । क्युबाले त्यो समयमा एल साल्भाडोर, ग्वाटेमाला, निकारागुवा, कोलम्बिया, बोलिभिया, भेनिजुयेला र अर्जेन्टिनामा चलेका छापामार आन्दोलनलाई सहयोग गरेको थियो । जसमध्ये १९७९ मा निकारागुवाको स्यानडिनिस्टा आन्दोलन मात्र क्रान्ति सम्पन्न गर्न सफल भयो । त्यसै क्युबाले अफ्रिकाको अल्जेरिया, गिनी बिसाउ, अङ्गोला आदि देशका मुक्ति आन्दोलनलाई समर्थन गरेको थियो । त्यस्तै अफ्रिकामा क्युबाले अल्जेरिया, इथोपिया र अङ्गोलामा सैन्य हस्तक्षेप गरेको थियो । सन् १९६१ मा क्युबाले अल्जेरियाको स्वतन्त्रताको लागि सङ्घर्षरत राष्ट्रिय मुक्ति मोर्चा एनएलएफ लाई एक पानीजहाजभरि हतियार पठाएर सहोयोग गरेको थियो । त्यस्तै फर्किंदा ७० जना घाइते अल्जेरियाली स्वतन्त्रता सेनानीलाई लिएर फर्केको थियो । अल्जेरिया स्वतन्त्र भएलगत्तै मोरोक्कोले आक्रमण गरेपछि क्युबाले सहयोग स्वरूप ७०० जना सैन्य स्वयंसेवक र ७० वटा ट्याङ्कहरु पठाइदिएको थियो ।

अफ्रिकामा क्युबाले सबैभन्दा ठूलो भूमिका भने अङ्गोलामा खेलेको थियो । सन् १९७५ मा अङ्गोलामा पोर्चुगलबाट मुक्त हुने क्रममा एमपीएलए नामक बामपन्थी आन्दोलनले राजधानी लुवान्डामा नियन्त्रण गरेको थियो । त्यस्तै एमपीएलएका विरोधी अमेरिका र युरोप समर्थक एफएनएलए र युनिटा ९ग्ल्क्ष्त्ब्० र एफएलईसी नामक समूहहरु थिए । यी समूह र यिनीहरुको समर्थनमा छिमेकी देश दक्षिण अफ्रिका र जायरले पनि एमपीएलएमाथि आक्रमण सुरु गरेको थियो । एमपीएलएका नेता अगस्टिन नेटोले फिडेल क्यास्ट्रोसँग जब सहायता मागे क्यास्ट्रोले बिना हिच्किचाहट मन्जुर गरे । क्युबाले केही हप्ताभित्रै हजारौँ किलोमिटर टाढा हजारौँ सैनिकहरु पठायो । यो काम गर्न क्यास्ट्रोले सोभियत सङ्घसँग सल्लाह पनि गरेनन् । जसका कारण रिसाएको सोभियतसँगले क्युबालाई सेना ओसारपसार गर्न विमानहरु उपलब्ध पनि गराएन । तर क्युबाका सेनाहरुले आक्रमणकारी सेनालाई हराएर एमपीएलएको सत्तालाई बचाएको थियो । त्यस पछि पनि अमेरिका र दक्षिण अफ्रिकाको समर्थनमा युनिटा समूहले युद्ध जारी राख्यो । क्युबाले सो युद्धको क्रममा सन् १९८८ मा अङ्गोलाको कुइँटो क्ववानाभालमा भएको लडाइँमा दक्षिण अफ्रिकालाई पराजित गर्याे । सो युद्धलाई अफ्रिकामा दोस्रो विश्व युद्धपछि भएको सबैभन्दा ठूलो आधुनिक युद्ध मानिन्छ । यो युद्धको क्रममा हजारौँ सैनिकको मृत्यु भएको थियो । यो युद्धपछि क्युबा, अङ्गोला र दक्षिण अफ्रिकाबीच न्युयोर्कमा अमेरिकाको मध्यस्थतामा एउटा सहमति भयो । जसअनुसार अङ्गोलामा दक्षिण अफ्रिकाले हस्तक्षेप बन्द गर्ने, नामिबियालाई स्वतन्त्रता दिने र अङ्गोलाबाट क्युबाले सेना हटाउने । कुइटो क्ववानाभालको लडाइँको जति सामरिक महत्त्व छ त्योभन्दा बढी राजनीतिक महत्त्व रहेको छ । यो लडाइँको महत्त्वलाई प्रस्ट पार्दै दक्षिण अफ्रिकाका रङ्गभेदविरुद्ध सङ्घर्षका नेता तथा राष्ट्रपति नेल्सन मन्डेलाले भनेका थिए– कुइटो क्ववानाभालमा रङ्गभेदी सेनाको निर्णायक हार सम्पूर्ण अफ्रिकाको जित हो । यो जितले अङ्गोलालाई शान्ति दिलाएको छ र नामिबियालाई स्वतन्त्रता । यो जितले गोरा जातिको अपराजयेताको मिथकलाई तोडिदिएको छ र यो जितले दक्षिण अफ्रिकाका जनतालाई सङ्घर्षको लागि प्रेरणा दिएको थियो । र यो जित बेगर हाम्रो पार्टी खुला र कानुनी हुन् थिएन । 

१९५९ को क्रान्तिलगत्तै क्युबाका ६ हजार चिकित्सकमध्ये करिब आधा जति देश छोडेर पलायन भएका थिए । तैपनि क्युबाले अल्जेरियामा ५५ जनाको स्वास्थ्य टोली पठाइदियो । जसमध्ये २९ जना चिकित्सक, ३ जना डेन्टिस्ट, १५ नर्स र ८ जना प्राविधिक थिए । यो सुरुवात मात्र थियो । त्यस यता क्युबाले करिब ६ लाख स्वास्थ्यकर्मीलाई विश्वभरका १६० देशमा पठाइसकेको छ ।

त्यस्तै क्युबाले अन्तर्राष्ट्रिय क्षेत्रमा निर्वाह गरेको अर्काे महत्त्वपूर्ण भूमिका हो– स्वास्थ्य क्षेत्र । सन् १९५९ को क्युबाली क्रान्तिलगत्तै यो देशले चिकित्सकीय अन्तर्राष्ट्रियवाद सुरु गरेको थियो । यसको सुरुवात चिलीमा १९६० मा गएको भूकम्पपछि चिकित्सकहरुको टोली पठाएर गरेको थियो । त्यसपछि लगत्तै फ्रान्सबाट भर्खरै स्वतन्त्र भएको देश अल्जेरियाले क्युबासँग आफ्नो देशमा जनस्वास्थ्य व्यस्था स्थापना गर्न सहायता माग्यो । त्यसबेला क्युबा आफैँ पनि स्वास्थ्य सङ्कटबाट गुज्रिरहेको थियो । १९५९ को क्रान्तिलगत्तै क्युबाका ६ हजार चिकित्सकमध्ये करिब आधा जति देश छोडेर पलायन भएका थिए । तैपनि क्युबाले अल्जेरियामा ५५ जनाको स्वास्थ्य टोली पठाइदियो । जसमध्ये २९ जना चिकिसक, ३ जना डेन्टिस्ट, १५ नर्स र ८ जना प्राविधिक थिए । यो सुरुवात मात्र थियो । त्यस यता क्युबाले करिब ६ लाख स्वास्थ्यकर्मीलाई विश्वभरका १६० देशमा पठाइसकेको छ । क्युबाले विकसित राष्ट्रहरुको समूह जी–८ ले गरेभन्दा बढी स्वास्थकर्मी विकासशील देशहरुलाई उपलब्ध गराएको छ । २०१४ सम्म क्युबाली स्वाथ्यकर्मीहरुले १ अरबभन्दा बढी परामर्श, २० लाखभन्दा बढी प्रसूति सेवा र ८० लाखभन्दा बढी सर्जरी गरिसकेको छन् ।

क्युबाले विकासशील तथा गरिब देशहरुलाई नियमत स्वास्थ्य सहयोगबाहेक पनि कहीँकतै विपद परे त्यहाँ पनि तुरुन्त स्वास्थ्य टोली पठाउने गरेको छ । विश्वभर कतै ठूलो भूकम्प, आँधी–तुफान, महामारी आए त्यहाँ क्युबाली स्वास्थ्य टोली तत्काल पुगिहालछन् । पाकिस्तान र हाइटीमा गएको भूकम्पमा होस् वा अमेरिकामा आएको क्याटरिना चक्रवात वा अफ्रिकामा सुरु भएको इबोला महामारी त्यहाँ तत्काल क्युबाली स्वास्थ्यकर्मीको टोली पुगेको थियो । अहिले चलिरहेको कोरोना भाइरसको महामारीमा समेत क्युबाले करिब ४० वटा देशहरुमा आफ्ना स्वाथ्यकर्मी पठाएको छ । त्यसमध्ये सबैभन्दा उल्लेखनीय सहयोग चाहिँ इटालीलाई गरेको थियो । आफूभन्दा धेरै धनी युरोपेली देश इटाली जब कोरोना महामारीको चपेटामा पर्याे र त्यहाँको स्वास्थ्य सेवाले त्यसलाई धान्न सकेन तब उसले क्युबासँग सहायता माग्यो । क्युबाले तल्काल दर्जनौँ चिकित्सकहरु आवश्यक उपकरणसहित इटाली पठायो । तिनीहरुले त्यहाँ धेरैजनाको जीवन बचाउन सफल भए । अहिले फेरि इटालीमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि इटालीले क्युबासँग स्वास्थ्यकर्मी पठाइदिन अनुरोध गरेको छ । विश्वविख्यात विद्वान् नोम चोम्स्कीले यसै प्रसङ्गमा भनेका छन्– यो महामारीको बेला विश्वमा एउटा मात्र देश छ, जसले विश्वभर आवश्यकतामा परेका मानिसहरुलाई स्वास्थ्य सेवा र सहायता पुर्याएर सच्चा अन्तर्राष्ट्रियतावाद देखाइरहेको छ– त्यो देश क्युबा हो ।

जम्मा एक लाख वर्ग किलोमिटर क्षेत्रफल र एक करोडभन्दा अलिक बढी जनसङ्ख्या भएको एउटा सानो देश क्युबाले अन्तर्राष्ट्रिय राजनीतिमा आफ्नो देशको आकार र सामर्थ्यभन्दा धेरै नै ठूलो भूमिका खेल्ने गरेको छ । यो क्युबाली क्रान्तिको ठूलो सफलता हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

केदार सिटौला
केदार सिटौला
लेखकबाट थप