सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

उदयपुरमा ६ वर्षीया बालिकालाई बलात्कार प्रयास

आइतबार, १९ पुस २०७७, ११ : १२
आइतबार, १९ पुस २०७७

काठमाडौं । उदयपुरको बेलका नगरपालिका–३ मा ६ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरिएको छ । स्थानीय ५९ वर्षीय पुरुषले बलात्कार प्रयास गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेद प्रसाद गौतमले रातोपाटीलाई बताए । आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

छिमेकी बालिकालाई ती पुरुषले फकाएर बलात्कार प्रयास गरेको थाहा पाएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । आरोपीलाई ‘जबर्जस्ती करणी उद्योग’ मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी गौतमले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप