काँग्रेस बैठक फेरि आजबाट सुरु : संसद् विघटन र पार्टी महाधिवेशन बहसको केन्द्रमा
काठमाडौं । संसद् विघटनका सन्दर्भमा जारी नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आजबाट फेरि सुरु हुँदैछ । पुस ७ गते बोलाइएको बैठक ४ दिन बसेर स्थगित भएको थियो । बैठकले आज आइतबारदेखि निरन्तरता पाउने भएको छ ।
बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बोलाइएको छ। बैठकले प्रतिनिधिसभा विघटनको सन्दर्भमा पार्टीको धारणा तय गर्नेछ । बैठकमा हालसम्म १५ केन्द्रीय सदस्यले धारणा राखिसकेका छन्। नेताहरुले बोल्ने क्रम आज पनि जारी रहनेछ । काँग्रेसमा संसद विघटनविरुद्ध थप संघर्षका कार्यक्रम तय वा सर्वोच्च अदालतको निर्णय पर्खिने भन्नेमा मतभेद छ ।
सभापति शेरबहादुर देउवा गएको १३ गतेको सांकेतिक विरोधपछि संसद् विघटनविरुद्ध सडक संघर्षम जान नहुने पक्षमा देखिन्छन् । तर, वरिष्ठ नेता पौडेल पक्षका अधिकांश नेताले प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दा बनाएर सडक संघर्षमा जानुपर्नेममा जोड दिएको पाइन्छ ।
आजका बैठकमा पनि पौडेलले थप संघर्षका कार्यक्रम ल्याउन जोड दिने बुझिएको छ । काँग्रेस बैठक संसद विघटनसँगै पार्टीको १४ औं महाधिवेशनमाथि केन्द्रित छ । महाधिवेशने (फागुन ७ १० ) घोषित मितिमा नहुने करिब पक्का भएपछि अर्को मिति तय गर्ने विषयमा काँग्रेसमा छलफल भइरहेको छ । तर संसद विघटनबारे अदालतको फैसलालाई मध्यनजर गरी महाधिवेशन कसरी र कहिले गर्न सकिन्छ भन्नेमा टुंगो हुन सकेको छ । पौडेल पक्षले विशेष महाधिवेशनको विषयलाई उठाएको छ । क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम टुंगोमा पुग्न नसकेकाले वर्तमान परिस्थितिलाई हेरी विशेष महाधिवेशनमा जानुपर्ने उनीहरुको तर्क छ ।
सभापति देउवाको नियमित चार वर्षे कार्यकाल गत वर्ष फागुनमा सकिएको थियो। उनले पार्टी विधानमा टेकेर एक वर्ष कार्यकाल थपेका थिए। उक्त समयअवधि अब फागुन १९ गते सकिँदैछ। फेरि कार्यकाल थप गर्ने हो भने संविधानको साहरा लिनुपर्ने हुन्छ। संविधानमा छ महिना म्याद थप गर्न सकिने उल्लेख छ। देउवा पक्ष संविधानले दिएको व्यवस्था पनि प्रयोग गर्ने पक्षमा देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३२ दिनपछि खुल्यो कर्णाली स्वास्थ्य प्रतिष्ठानमा लागेको ताला
-
१२ बजे, १२ समाचार : रवि सुतिरहेको तस्विर भाइरल गर्नेलाई प्रहरीले कारबाही गर्नेदेखि सरकारी कामकाजमा जनयुद्ध शब्द प्रयोग नगर्न आदेशसम्म
-
संविधान संशोधनमा आमाको नामबाट नागरिकता दिने विषय समेटिनुपर्छ : सरोकारवाला
-
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
-
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने