कोरोनाभाइरसको भ्याक्सिन लगाउने दौडमा इजराइल अग्र स्थानमा
इजराइलले आफ्ना १० लाखभन्दा बढी जनतालाई कोरोनाभाइरसविरुद्धको खोप दिइसकेको छ । योसँगै इजराइल कोरोनाभाइरसको भ्याक्सिन लगाउने दौडमा अग्र स्थानमा रहेको छ ।
अक्सफोर्ड विश्वविद्यालयसँग आबद्ध वेबसाइटको तथ्यांकअनुसार इजरायलको खोप दिने दर प्रत्येक १०० जनामा ११.५ रहेको छ भने बहरानको ३.४९ र बेलायतको १.४७ रहेको छ ।
तुलनात्मक रुपमा फ्रान्सले ३० डिसेम्बर सम्म १ सय ३८ जनालाई खोप दिएको छ ।
कोरोनाका कारण हालसम्म १८ लाखको मृत्यु भइसकेको छ ।
यस्तै, अमेरिकाले ३० डिसेम्बरसम्म २७ लाखलाई खोप प्रदान गरेको छ । यो अमेरिकाको लक्ष्यभन्दा निकै कम हो किनभने २०२० को अन्त्यसम्म अमेरिकाले २ करोड जनसंख्यालाई खोप प्रदान गर्ने योजना बनाएको थियो ।
अमेरिकी सरकारका संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले भ्याक्सिनको पहिलो डोज धेरैभन्दा धेरैलाई दिने र दोस्रो डोजलाई केही पर सार्ने बेलायतको नीति आफूलाई स्विकार नभएको बताएका छन् ।
डा. फाउचीले अमेरिकाले यस्तो नीति अवलम्बन नगर्ने बताएका छन् ।
इजराइल कसरी अघि आयो ?
इजराइलले डिसेम्बर १९ तारिखदेखि भ्याक्सिन दिन सुरु गरेको हो । यहाँ दैनिक १ लाख ५० हजारलाई खोप दिने गरिएको छ । यहाँ ६० वर्ष माथिका, स्वास्थ्यकर्मी र पहिला नै कुनै रोगद्वारा ग्रसितलाई प्राथमिकता दिइएको छ ।
महामारीको सुरुवातमा नै यसले फाइजर–बायोएनटेकसँग भ्याक्सिनको आपूर्तिका लागि सम्झौता गरेको थियो । इजराइलले मानिसहरुलाई आफ्नो स्वास्थ्य सेवा प्रणालीमार्फत् खोपको प्राथमिकताका लागि सम्पर्क गरिरहेको छ । इजराइलले आफ्ना सबै नागरिकलाई मान्यताप्राप्त स्वास्थ्य सेवा प्रदायकसमक्ष आफ्नो स्वास्थ्य सम्बन्धि जानकारी दर्ता गर्नुपर्ने नियम लागू गरेको छ ।
इजराइलका स्वास्थ्यमन्त्री यूली एडेल्स्टिनले वाईनेट टिभीसँगको कुराकानीमा माइनस ७० को तापक्रममा भण्डार गर्नुपर्ने फाइजरको भ्याक्सिनलाई दुर्गम क्षेत्रमा सुरक्षित ढुवानीका लागि भ्याक्सिनलाई विभाजन गरेको जानकारी दिए ।
प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्नो देश फेब्रुअरीको सुरुवातमा नै महामारीबाट बाहिर निस्कने अनुमान गरेका छन् । इजराइल हाल देशव्यापी तेस्रो लकडाउन छ । – बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेक्वान्दो प्रशिक्षक अधिकारीलाई आउटस्टयान्डिङ सम्मान
-
धरहरा परिसरमा व्यावसायिक भिडियो छायाङ्कन गर्न प्रतिघण्टा ५ हजार
-
कमजोर कम्पनीको महँगो सेयर मूल्य !
-
केराखेतीबाट वार्षिक १० लाख आम्दानी
-
जाडो सुरु भएसँगै बढ्यो न्यानो कपडाको व्यापार (फोटो फिचर)
-
चिनियाँ दूतावासद्वारा ‘छत्रपाटी निःशुल्क चिकित्सालय’लाई विद्युतीय सवारी हस्तान्तरण