बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाभाइरसको भ्याक्सिन लगाउने दौडमा इजराइल अग्र स्थानमा

आइतबार, १९ पुस २०७७, १० : ४१
आइतबार, १९ पुस २०७७

इजराइलले आफ्ना १० लाखभन्दा बढी जनतालाई कोरोनाभाइरसविरुद्धको खोप दिइसकेको छ । योसँगै इजराइल कोरोनाभाइरसको भ्याक्सिन लगाउने दौडमा अग्र स्थानमा रहेको छ ।  
 
अक्सफोर्ड विश्वविद्यालयसँग आबद्ध वेबसाइटको तथ्यांकअनुसार इजरायलको खोप दिने दर प्रत्येक १०० जनामा ११.५ रहेको छ भने बहरानको ३.४९ र बेलायतको १.४७ रहेको छ ।

तुलनात्मक रुपमा फ्रान्सले ३० डिसेम्बर सम्म १ सय ३८ जनालाई खोप दिएको छ । 

कोरोनाका कारण हालसम्म १८ लाखको मृत्यु भइसकेको  छ । 

यस्तै, अमेरिकाले ३० डिसेम्बरसम्म २७ लाखलाई खोप प्रदान गरेको छ । यो अमेरिकाको लक्ष्यभन्दा निकै कम हो किनभने २०२० को अन्त्यसम्म अमेरिकाले २ करोड जनसंख्यालाई खोप प्रदान गर्ने योजना बनाएको थियो । 

अमेरिकी सरकारका संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले  भ्याक्सिनको पहिलो डोज धेरैभन्दा धेरैलाई दिने र दोस्रो डोजलाई केही पर सार्ने बेलायतको नीति आफूलाई स्विकार नभएको बताएका छन् । 

डा. फाउचीले अमेरिकाले यस्तो नीति अवलम्बन नगर्ने बताएका छन् । 

इजराइल कसरी अघि आयो ?

इजराइलले डिसेम्बर १९ तारिखदेखि भ्याक्सिन दिन सुरु गरेको हो । यहाँ दैनिक १ लाख ५० हजारलाई खोप दिने गरिएको छ । यहाँ ६० वर्ष माथिका, स्वास्थ्यकर्मी र पहिला नै कुनै रोगद्वारा ग्रसितलाई प्राथमिकता दिइएको छ । 

महामारीको सुरुवातमा नै यसले फाइजर–बायोएनटेकसँग भ्याक्सिनको आपूर्तिका लागि सम्झौता गरेको थियो । इजराइलले मानिसहरुलाई आफ्नो स्वास्थ्य सेवा प्रणालीमार्फत् खोपको प्राथमिकताका लागि सम्पर्क गरिरहेको छ । इजराइलले आफ्ना सबै नागरिकलाई मान्यताप्राप्त स्वास्थ्य सेवा प्रदायकसमक्ष आफ्नो स्वास्थ्य सम्बन्धि जानकारी दर्ता गर्नुपर्ने नियम लागू गरेको छ । 


इजराइलका स्वास्थ्यमन्त्री यूली एडेल्स्टिनले वाईनेट टिभीसँगको कुराकानीमा माइनस ७० को तापक्रममा भण्डार गर्नुपर्ने फाइजरको भ्याक्सिनलाई दुर्गम क्षेत्रमा सुरक्षित ढुवानीका लागि भ्याक्सिनलाई विभाजन गरेको जानकारी दिए । 

प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्नो देश फेब्रुअरीको सुरुवातमा नै महामारीबाट बाहिर निस्कने अनुमान गरेका छन् । इजराइल हाल देशव्यापी तेस्रो लकडाउन छ ।  – बीबीसी


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप