इजराइले युद्धका लागि उक्साइरहेको छ, प्रलोभनमा नआउनुस् ट्रम्पः इरान

इरानका विदेशमन्त्री जवाद जरिफले शनिबार अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पलाई इजराइलको प्रलोभनमा नआउन आग्रह गरेका छन् । इरानी विदेशमन्त्रीले इजराइलले अमेरिकालाई युद्धका लागि भड्काइरहेको बताएका छन् ।
इरानी जनरल कासिम सुलेमानी मारिएको एक वर्ष पूरा भएको मौकामा इरानी विदेशमन्त्रीले अमेरिकालाई चेतावनी दिएका हुन् । अमेरिकाले इराकमा जनरल कासिम सुलेमानीलाई एक ड्रोन हमलामार्फत् हत्या गरेको थियो । इजराइलले इराकमा अमेरिकी सैनिकको क्याम्पका बदनामीको उद्देश्यले हमला गराइरहेको इरानले आरोप लगाएको छ ।
अमेरिकाले इरान समर्थित लडाकूमाथि इराकमा अमेरिकी सैनिक क्याम्पमा नियमित हमलाको आरोप लगाएको छ । इराकमा अमेरिकी दूतावास नजिक पनि हमला भएका छन् । कुनै पनि इरान समर्थित लडाकूको समूहले यी हमलाको जिम्मेवारी लिएका छैनन् ।
इरान विदेशमन्त्री जवाद जरिफले ट्वीटमा भने, ‘इराकको नयाँ गोप्य सूचनाका अनुसार सत्ताबाट बिदा हुन लागेका ट्रम्पले कुनै युद्ध सुरु गर्लान् ता कि यी हमलाको सहारामा यसलाई उचित ठहर गर्न सकियोस् भनेर इजराइली एजेन्टले अमेरिकी स्थलमा हमला गराइरहेका छन् । राष्ट्रपति ट्रम्प तपाईं यसका लागि सतर्क हुनुहोस् । यस्तो कुनै कदम उठाइए नरम्रोसँग जवाफ आउनेछ ।’
कासिम सुलेमानीको स्थानमा आएका इस्माइल गानीले शुक्रबार इरान जनरल सुलेमानीको बदला लिनका लागि तयार भएको बताएका छन् । अमेरिकी सेनाले बुधबार दुई परमाणु क्षमताद्वारा सुसज्जित बी–५२ बमवर्षक मध्य पूर्वमा पठाएका थिए । इरानलाई सन्देश दिनका लागि यो पठाइएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक