फिनल्याण्डमा देखियो फाइजरको खोपको गम्भीर साइड इफेक्ट
अमेरिकी कम्पनी फाइजरले निर्माण गरेको कारोनाविरुद्धको खोपको पाँच व्यक्तिमा गम्भीर साइड इफेक्ट देखिएको छ । फिनल्याण्डको मेडिसिन एजेन्सीले यसबारे जानकारी दिएको हो । दुई दिनअघि मात्र फाइजरलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वभर आपत्कालिन प्रयोगका लागि अनुमति दिएको थियो ।
फिनल्याण्डको वाईएलई ब्रोडकास्टरको खबर अनुसार २७ डिसेम्बरबाट युरोपेली मुलुकमा व्यापक खोप कार्यक्रम शुरु गरिएको थियो । युरोपले फाइजरको खोपलाई आपत्कालिन प्रयोगका लागि अनुमति दिएको थियो । फिनल्याउडको चिफ फिजिसियन मैया कौकोनेंका अनुसार हालसम्म पाँच जना व्यक्तिमा खोपको साइड इफेक्ट देखिएको छ । उनको बारे विस्तृत विवरण गोप्य राखिएको छ । उनका अनुसार चाँडै नै साइड इफेक्टबारे जानकारी वेबसाइटमा पनि राखिएको छ । उनले साइड इफेक्ट थप बढ्न सक्ने बताइन् ।
विश्वमा हालसम्म ८.४४ करोडभन्दा बढी संक्रमित भइसकेका छन् । यसमध्ये ८ करोड ९८ लाखभन्दा बढी निको भइसकेका छन् भने १८ लाख ३७ हजार बढीले ज्यान गुमाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण