कोटेश्वर चोकमा बिहानै पेस्तोल देखाएर लुटपाटको प्रयास
आइतबार, १९ पुस २०७७, ०९ : १५
काठमाडौं । काठमाडौं महानगरपालिका–३२ स्थित कोटेश्वर चोकमा एक अपरिचित पुरुषले पेस्तोल देखाएर लुटपाट प्रयास गरेका छन् । आईतबार बिहान सिन्धुलीको तीनपाटन घर भएका २५ वर्षीय युवराज आलेमगरलाई अपरिचित पुरुषले पेस्तोल देखाएर लुट्ने प्रयास गरे ।
तर, युवराजको प्रतिवादपछि ३०–३२ बर्षका पेस्तोलधारी भागेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले एउटा पेस्तोल र एकराउण्ड गोली फेला परेको रातोपाटीलाई बताए ।
पेस्तोल र गोली महानगरीय प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ । युवराजले पेस्तोलधारीले आफ्नो मोवाईल लुट्ने प्रयास गरेको प्रहरीलाई बताएका छन् । उनी भक्तपुरको राधेराधेमा बस्दै आएका थिए ।
‘घट्नाबारे प्रारम्भिक अनुसन्धानको क्रममा छौँ’ डिएसपी विष्टले भने–‘शंकास्पदहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दैछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान