आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सेल्टालाई हराउँदै रियल शीर्ष स्थानमा

आइतबार, १९ पुस २०७७, ०८ : ५८
आइतबार, १९ पुस २०७७

सेल्टा भिगोलाई हराउँदै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा रियल २–० गोलले विजयी बनेको हो ।

गत नोभेम्बर २१ देखि अपराजित रहँदै सेल्टा स्यान्टियागो बर्नाबेउ आएको थियो । तर, खेलको छैटौँ मिनेटमा नै लुकास भाज्क्वेजको गोलमा पछि पर्यो । भाज्क्वेजले मार्को असेन्सियोको क्रसमा रियललाई अग्रता दिलाए । दोस्रो हाफमा असेन्सियोले कासिमेरोको पासमा रियलको अग्रता दोब्बर बनाए ।

सेल्टाले ला लिगाका शीर्ष गोलकर्ता इयागो आसपासलाई दोस्रो हाफको सुरुवातमा गुमाएको थियो । टोलीले रियलको पोष्टमा उल्लेख्य आक्रमण गर्न सकेन ।

जीतसँगै एक अंकले एथ्लेटिको म्याड्रिडलाई उछिन्दै रियल ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । यद्यपि, डिएगो सिमिओनीको टोलीले ३ खेल कम खेलेको छ । आइतबार एथ्लेटिकोले आलाभेसको सामना गर्दैछ ।

शनिबार भएका अन्य खेलमा भिल्लेरियालले लेभान्तेलाई २–१ ले हरायो भने रियल भालाडोलिडले गेटाफेलाई १–० ले पराजित गर्यो । सेभिया भने रियल बेटिससँग १–१ को बराबरीमा रोकियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप