शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पीएसजी पोचेटिन्होको नेतृत्वमा

आइतबार, १९ पुस २०७७, ०८ : ४६
आइतबार, १९ पुस २०७७

टोटनह्यामका पूर्वप्रशिक्षक माउरिसियो पोचेटिन्हो पेरिस सेन्ट जर्मेनका म्यानेजर नियुक्त भएका छन् । थोमास टुचेलको स्थानमा पीएसजी पुगेका ४८ वर्षीय अर्जेन्टिनीले सन् २०२२ जुन ३० सम्म क्लबसँग सम्झौता गरेका छन् । करारमा एक वर्ष थप गर्न सकिने विकल्प पनि राखिएको छ । क्लबमा साढे दुई वर्ष बिताएका टुचेल गत डिसेम्बर २९ मा बर्खास्तीमा परेका थिए ।

सन् २०१९ को नोभेम्बरमा स्पर्सबाट बर्खास्त भएयता पोचेटिन्हो कामविहीन थिए । पीएसजी हाल लिग वानको तेस्रो स्थानमा रहेको छ भने च्याम्पियन्स लिगको अन्तिम १६ मा फेब्रुअरी र मार्चमा बार्सिलोनाको सामना गर्दैछ ।

पोचेटिन्होले सन् २००१ देखि २००३ सम्म पीएसजीमा खेलाडीका रुपमा बिताएका थिए । उनले आइतबार पहिलो प्रशिक्षण शुरु गर्नेछन् । नयाँ म्यानेजर नियुक्त भएपछि आफ्नो हृदयमा विशेष स्थानमा रहेको क्लबमा यो भूमिका निभाउन पाउँदा खुसी र गर्वान्वित महसुस गरेका बताए ।

उनले पीएजसीको वर्तमान टोलीमा ठूलो सम्भावना रहेको बताउँदै पीएसजीलाई सबै प्रतियोगितामा उत्कृष्ट नतिजा दिलाउन सक्दो प्रयास गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप