प्रभु लाइफको शेयर कारोबार आजदेखिः कतिमा हुँदैछ कारोबार, कति पुग्ला मूल्य ?
![प्रभु लाइफको शेयर कारोबार आजदेखिः कतिमा हुँदैछ कारोबार, कति पुग्ला मूल्य ?](https://rpcdn.ratopati.com/media/albums/prabhu_life_cX2YQPg50U.png)
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको शेयर कारोबार आजदेखि हुने भएको छ । सर्वसाधारणलाई निष्कासन गरेको प्रभु लाइफले सो शेयरको बाँडफाँट र सूचीकरणको प्रक्रिया पूरा गरेर आइतबारदेखि दोस्रो बजारमा कारोबार सुरु गर्न लागेको हो ।
आइतबारदेखि सुरु हुने कारोबारका लागि इन्स्योरेन्सले १ सय ९ रुपैयाँ ५६ पैसादेखि ३ सय २८ रुपैयाँ ६८ पैसासम्मको ओपनिङ रेञ्ज पाएको छ । यसअनुसार यो शेयरको पहिलो कारोबार १ सय १० रुपैयाँदेखि ३ सय २८ रुपैयाँसम्ममा हुनेछ । यद्यपि अन्यथा नभएको अवस्थामा पहिलो कारोबार माथिल्लो रेञ्ज अर्थात् ३ सय २८ रुपैयाँमै हुनसक्ने सम्भावना छ ।
२ अर्ब चुक्ता पुँजी भएको यो कम्पनीले ३० प्रतिशत बराबरले हुने ६० करोड बराबरको आईपीओ जारी गरेको थियो । त्यसमध्ये ३÷३ करोडको शेयर म्युचुअल फण्ड र कर्मचारीलाई छुट्याएर बाँकी ५४ करोड रुपैयाँ बराबरका ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई वितरण गरेको थियो ।
हालसम्म सूचीकरण भएका जीवनबीमा कम्पनीमध्ये सबैभन्दा कम मूल्य रिलायन्स लाइफ इन्स्योरेन्सको ६ सय १ रुपैयाँ र सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको २ हजार २ सय ९५ रुपैयाँ छ । रिलायन्स लाइफ नयाँ जीवनबीमा कम्पनी रहेकोले प्रभु लाइफ इन्स्योरेन्सको मूल्य पनि सोही कम्पनीको बजारमूल्यसँग तुलना गर्न मिल्ने बजारका जानकारहरु बताउँछन् ।
रिलायन्स लाइफ इन्स्योरेन्सको भन्दा प्रभु लाइफको पर्फमेन्स कमजोर छ । तर, प्रभु लाइफ प्रभु ग्रुपको ब्रान्डमा भएकोले यसको ब्रान्ड भ्यालु भने रिलायन्सको भन्दा बढी छ । बजारमूल्यमा यी दुई फ्याक्टरले असर गर्दा मूल्य तलमाथि हुनसक्ने जानकारहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)