राजमार्गमा ‘आदमखोर’ बाघः गुडिरहेको मोटरसाइकलमा झम्टेर महिलालाई मारेर खायो
बर्दिया निकुञ्ज क्षेत्रमा मोटरसाइकलमा पछाडि बसेकी महिलालाई बाघले झम्टेर लगेर मारेर खाएको छ । पूर्व पश्चिम राजमार्गमा पर्ने बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको अम्रेनी–चिसापानी खण्डमा शुक्रबार बेलुकी कैलालीको लम्कीचुहा नगरपालिका–४ कौवापुरीकी ५२ वर्षीया नन्दकला थापालाई बाघले मारेको हो । छोरा सन्तोषको मोटरसाइकलमा पछाडि बसेकी उनी कोहलपुर हुँदै घर जान हिँडेकी थिइन् ।
बेलुकी करिब ९ बजे घुम्ना पुलनजिक घटना भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले बताए । ‘बाघले आमालाई लगेपछि मोटरसाइकलबाट लडेका सन्तोषले सुरक्षाकर्मीलाई फोन गर्नुभएछ,’ उनले भने, ‘अनि सेनाको टोलीले राति नै खोजतलास गरे पनि आमालाई फेला पार्न सकिएन ।’ नन्दकलाको शव क्षतविक्षत अवस्थामा शनिबार दिउँसो राजमार्गदेखि दक्षिण घना वनको दुई किलोमिटर पर फेला परेको हो ।
मोटरसाइकलमा सवारलाई बाघले एकै ठाउँमा झम्टेर मारेको दुई दशकको अन्तरालमा यो दोस्रो घटना हो । यसअघि सन् २०५८ सालमा कैलाली लम्कीको सिनेमाघर शीतल चलचित्र मन्दिरका सञ्चालक मारिएका थिए ।
शुक्रबारको घटनापछि सो क्षेत्रमा सेनाको गस्ती बढाएको छ भने अनिश्चितकालका लागि दुई पांग्रे र पैदलयात्रुलाई प्रतिबन्ध लगाएको छ ।
आजको कान्तिपुर दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु