ad
केन्द्रीय संस्करण

बेलायतमा कोरोना संक्रमणको रेकर्डस्तरको वृद्धि, एकै दिन ५७ हजार बढी संक्रमित

person explore access_timeपुस १९, २०७७ chat_bubble_outline0

लण्डन । बेलायतमा पछिल्ला दिनहरुमा कोरोना भाइरसको संक्रमण दर उल्लेखनीय रुपमा बढ्दै गइरहेको छ । संक्रमित संख्याले दैनिक नयाँ रेकर्ड कायम गर्दै आएको छ ।

शनिबार  सार्वजनिक तथ्याङ्क अनुसार संक्रमित संख्या अहिलेसम्मकै उच्च रहेको छ । पछिल्लो २४ घण्टामा मात्रै थप ५७ हजार ७ सय २५ जनामा संक्रमण पुष्टि भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । यो संख्या बेलायतमा महामारी शुरु भए यताकै सबैभन्दा बढी हो । 

यससँगै बेलायतमा कोरोना संक्रमितको संख्या पनि २६ लाखको हाराहारीमा पुगेको छ । दैनिक ५० हजारभन्दा बढी संक्रमित भएको यो पाँचौं दिन हो । पछिल्लो समयमा बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार ‘स्ट्रेन’ देखा परेपछि संक्रमण दर तीव्र रुपमा बढेको हो ।

यसैगरि गएको २४ घन्टामा थप ४४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७४ हजार ५७० पुगेको छ । हाल बेलायतका अस्पतालमा कोरोना संक्रमितको संख्या झन्डै २४ हजार पुगेको छ । दैनिक दुई हजार चार सय भन्दा बढी कोरोना संक्रमित अस्पताल भर्ना भैरहेका छन् । संक्रमित संख्याको चाप बढ्न थालेपछि यहाँका अस्पताल थप अस्तव्यस्त बन्न पुगेका छन् ।

फाइजन –बायोनटेक कम्पनीबाट निर्मित कोभिड खोप आम रुपमा लगाउने पहिलो देश बेलायतले यहाँकै अक्सफोर्ड विश्वविद्यालयबाट निर्मित खोप पनि आउँदो सोमबारदेखि आम रुपमा वितरण गर्दैछ । झण्डै दश लाख मानिसलाई फाइजन – बायोनटेकको भ्याक्सिन दिइसकेको स्वास्थ्य मन्त्रि म्याट ह्यान्ककले बताएका छन् ।

अक्सफोर्ड –एष्ट्राजेनेकाको भ्याक्सिन पनि बेलायतका अस्पतालमा ढुवानी भइसकेको संचार माध्यमले जनाएका छन् ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.