राजनीतिक अस्थिरता अर्थतन्त्रका लागि घातकः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ
बाग्लुङ । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले राजनीतिक स्थिरता कायम नभएसम्म अर्थतन्त्रले गति नलिने बताएका छन् । बागलुङ उद्योग वाणिज्य सङ्घको ५७ औँ साधारणसभामा आज उनले राजनीतिक अस्थिरता अर्थतन्त्रका लागि घातक हुने बताए । “राजनीतिक अस्थिरताले आर्थिक गतिविधि मर्माहत बन्न पुग्छ, अर्थतन्त्र ओरालो लाग्छ”, श्रेष्ठले भने ।
उनले राजनीतिको व्यापारीकरण र व्यापारको राजनीतीकरण मुलुकका लागि दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे । पूर्वप्रधानन्यायाधीश श्रेष्ठले अर्थतन्त्रमा कृषि, उद्योगलगायत क्षेत्रको योगदान घट्दै गएकामा चिन्ता प्रकट गरे । हरेक देशको विकास र समृद्धिमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताउँदै उनले भने, “लगानीका क्षेत्रमा ६० प्रतिशत निजी क्षेत्रको योगदान छ, यस्तै राजश्वमा ८० प्रतिशत निजी क्षेत्रले ओगट्छ ।”
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड–१९ कारण समस्यामा परेका उद्योगी, व्यवसायीलाई राहत दिने सरकारी योजना कार्यान्वयनमा आउन नसकेकामा दुःखेसो पोखे । राष्ट्रिय पूँजी निर्माणका लागि लगानीमा जोड दिँदै उनले छिट्टै बागलुङमा नयाँ परियोजनामार्फत लगानी भित्र्याइने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता
-
लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस
-
सचिव सरुवाले हैरान सांसद : 'नम्बर सेभ गर्दा एउटा मन्त्रालयमा‚ फोन गर्दा अर्कै मन्त्रालयमा'