अविश्वासको प्रस्ताव पेश भए सामना गर्छुः मुख्यमन्त्री गुरुङ
शनिबार, १८ पुस २०७७, २२ : २२

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारमाथि अविश्वासको प्रस्ताव पेश भए सामना गरिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणमा उनले केन्द्रमा जे जस्तो विवाद भए पनि प्रदेशभित्र सरकार सञ्चालनमा मिलेर जानुपर्ने पक्षमा आफू रहेको भन्दै अविश्वासको प्रस्ताव नै आए सामना गर्नुको विकल्प नरहेको बताए ।
उनले प्रचण्ड–माधव समूहलाई केन्द्रमा झगडा भए पनि प्रदेशमा मिल्नुपर्छ भन्दै मिलेर जान आग्रह गरिएको बताए । साविकका माओवादी केन्द्र र नेकपा एमाले अलगअलग भएर नै प्रदेशमा सरकार बनाएको भन्दै अरुलाई उदाहरण देखाउन पनि अहिले गण्डकी प्रदेशमा मिलेर जान आग्रह गरिएको मुख्यमन्त्री गुरुङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मेजर ब्रेक थ्रु’ हुने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सत्ता गठबन्धन दलहरूको सुझाव
-
एसपिजि अटोमोबाइल्स, ‘इभी पायोनियर अवार्ड’ द्वारा सम्मानित
-
करोडौँ राजस्व तिरिरहेका ‘फेसबुक’लगायत सामाजिक सञ्जाल किन बन्द गर्न खोज्दै छ सरकार ?
-
हृदयेन्द्रलाई प्रधानमन्त्रीको सुझाव : कला क्षेत्रमा लागे राम्रै हुन्छ, राजा हुने सपना देखे जिन्दगी जाला
-
बिहीबारदेखि शिक्षकहरूको आन्दोलन रोक्नेगरी सहमती भयो : शिक्षा मन्त्रालय
-
पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ प्रदान