मानवता हराएका मन्त्रीः पैदलयात्रुलाई ठक्कर दिएर भागे, झुठ बोल्दै भन्छन्, ‘झुक्किएर’ लडे ! (भिडियो)
सर्लाहीको हरिवनमा शहरी विकासमन्त्री प्रभु साह सवार गाडी पैदलयात्रुलाई ठक्कर दिएर फरार भएको छ । साह सवार ना १ झ ३८४२ नम्बरको झण्डावाल गाडीको ठक्करबाट लालबन्दी घर भएका फुच्चे तामाङ घाइते भएका छन् ।
लालबन्दी–८ चन्द्रपुर बस्ने ३५ वर्षीय तामाङको खुट्टा र कम्मरमा चोट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता (डिएसपी) मदन कुँवरले रातोपाटीलाई बताए । उनका अनुसार मन्त्री साह रौतहटबाट महोत्तरीतर्फ जाँदै गर्दा सो दुर्घटना भएको हो । घाइतेको स्वाभिमान अस्पतालमा उपचार हुँदैछ ।
तर मन्त्री साहको दाबी भने अर्कै छ । उनका अनुसार ती पैदलयात्री ‘झुक्किएर’ लडेका हुन् । ती ‘झुक्किएर’ लडेका ती व्यक्तिलाई केही नभएको सुनिश्चित भएपछि आफूहरु त्यहाँबाट हिँडेको र मिडियाले सो विषयलाई अतिरञ्जित बनाएको उनको दाबी छ । उनले आफ्नो सवारीलाई सुरक्षा दिनु साटो गलत सूचना प्रवाह गरेकोमा प्रहरीको समेत आलोचना गरेका छन् ।
हेर्नुहोस् साहको फेसबुक स्टाटस
यद्यपि, साहले दाबी गरेजस्तै सो घटनामा न उनको गाडीबाट पैदलयात्री ‘झुक्किएर लडेका’ हुन् न त उनलाई केही नभएको हो । दुर्घटनाको सीसीटीभी भिडियोमा हेर्दा पैदलयात्रीलाई मन्त्रीको गाडीले सामान्य ठक्कर मात्र दिएको देखिँदैन । ठक्करपछि ती पैदलयात्री केही टाढासम्म हुत्तिएको प्रष्ट देख्छि । प्रहरीका अनुसार पनि मन्त्रीको गाडीबाट ठक्कर दिएका व्यक्ति घाइते छन् र उनको अस्पतालमा उपचार भएको छ ।
त्यस्तै, मन्त्री साहले आफूहरुले घाइतेको अवस्था बुझेर सामान्य पाएपछि अघि बढेको दाबी गरेका छन् । तर, भिडियोमा दुर्घटनापछि कोही पनि गाडीमा उत्रेर घाइते पैदलयात्रीसँग सोधपुछ गरेको देखिँदैन । बरु भिड जम्मा हुन थालेपछि मन्त्रीको गाडी त्यहाँबाट तीव्र गतिमा भागेको देखिन्छ ।
हेनुहोस् भिडियोः
सौजन्य : @Hariw0n
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण
-
फिलिपिन्समा आँधीबाट १४ जनाको मृत्यु, हजारौँ विस्थापित
-
लेबनानमा इजरायली हवाई आक्रमणमा १० जनाको मृत्यु
-
उत्तर कोरियाले रुसमा सैनिक पठाएको प्रमाण छ : अमेरिकी रक्षामन्त्री
-
झापामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, प्रहरी चौकीमा ढुंगामुढा
-
टी–२० विश्वकप एसिया छनोटका लागि नेपाली टोलीको घोषणा