बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुर महानगर कृषिमा उत्पादकत्व बढाउन केन्द्रित : प्रमुख दाहाल

शनिबार, १८ पुस २०७७, १८ : ३३
शनिबार, १८ पुस २०७७

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगर कृषिमा उत्पादकत्व बढाउन केन्द्रित भएको बताएकी छन् । भरतपुर ६ केसरबागमा रहेको अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाको ३७ औँ बार्षिक साधारण सभाको उद्घाटन गर्दै  प्रमुख दाहालले अन्नपूर्ण सहकारीले रचनात्मक काम गरिरहेको बताइन् ।

सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न  सहकारीहरूको महत्वपूर्ण भूमिका हुनुपर्ने बताउँदै उनले स्थानीय स्तरमा रोजगारी सृजना र उत्पादकत्व वृद्धि गर्ने कार्यक्रमहरू तय गरी अगाडि बढ्नुपर्ने बताइन् ।  भरतपुर महानगरपालिका कृषि तथा पशुपालनको क्षेत्रलाई व्यवस्थित र आधुनिकीकरण गर्न क्रियाशील रहेको बताइन् । भरतपुर महानगरपालिकाले उत्पादनका आधारमा अनुदानका साथै यान्त्रीकरणमा अनुदानको सूरूवात गरेको भन्दै प्राप्त अनुदानको सही सदुपयोग गरी प्रतिफल हासिल गर्नैपर्ने सर्त रहेको उनले बताइन् । 

दूध किसानहरूलाई  उत्पादनमा सहयोग पु¥याउन प्रतिलिटर एक  रूपया‘ नगद अनुदान दिइरहेको बताउँदै यसले केही भय पनि दुग्ध उत्पादक किसानलाई उत्पादन बढाउन सहयोग प¥याएको विश्वास व्यक्त गरिन् । कार्यक्रमको प्रमुख अतिथी समेत रहेकी प्रमुख दाहालले कृषिमा आत्मनिर्भर नहुँदासम्म हामीले लिएको लक्ष्य पूरा हुन नसक्ने बताउँदै  यसलाइ पूरा गर्ने उद्देस्यका साथ कृषि र पशुपन्छीको क्षेत्रमा १० प्रतिशत बजेट बिनियोजन गरी कार्यन्वयनमा ल्याएको बताइन् । बैदेसिक रोजगारीबाट फर्किएकाहरूको लागि बिदेशको सिप नेपालमा लगानी जस्ता कार्यक्रम मार्फत रोजगारी सृजना र उत्पादकत्व वृद्धि गर्ने लक्ष लिएको भन्दै त्यसबाट लाभ लिन नगरबासीहरूलााई  आग्रह गरिन् ।

भूमी ब्यावस्था कृषी तथा सहकारी मन्त्रालयकी सचिब मनिता जोसी बैधेंले मुलुक दुधमा आत्मनिर्भर हुन नसकेको बताउँदै यसलाइ पुरा गर्न ब्यावसायिक उत्पादनमा लाग्नुपर्ने बताइन् ।परम्परागत कृषि उत्पादन प्रणालीलाइ सुधार गरी यान्त्रीकरण र ब्यावसायिकरण गरेर बढाउनुपर्ने बताइन् । उनले गुणस्तरिय दुध उत्पादन आजको आवस्यकता भयको भन्दै दुधमा गुणस्तर कायम गर्न उत्पादक किसान तथा सहकारीहरूलाइ आग्रह गरिन् । बागमती प्रदेसले किसानहरूका लागी नगद तथा यान्त्रिककरणका लागी बिभिन्न अनुदान सहयोग गरिरहेको बताउँदै त्यसबाट लाभ लिन उत्पादकत्व वृद्धि गर्नुपर्ने उनको भनाइ थियो ।  

सो अवसरमा दुग्ध बिकास बोर्डका सदस्य भागिरथ तिमिल्सिनाले किसानहरूको समस्या सरकारले सही ढंगले समाधान गर्न नसकेको बताउँदै उत्पादकत्व बृद्दी गर्न सक्ने नबिन कार्यक्रमहरू ल्याउनुपर्ने बताए । कार्यक्रममा वडा न ६ का वडा अध्यक्ष हरीबिलास कोइरालाले सहकारी संस्थाहरू समय अनुकुल ब्यवस्थित र परिमार्जित हुँदै सरल र व्यवस्थित ढंगले सेवा प्रवाहमा केन्द्रित हुन आग्रह गर्दै अन्नपुर्ण दुग्ध उत्पादक सहकारी संस्थाले नमुना सहकारीको रूपमा काम गरिरहेको बताए । 

नेपाली कांग्रेसका नेता राजिव न्यौपाने अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्था लि केसरबाग चितवनको उदाहारणीय र नमुना सहकारी संस्था भएको भनिदै अन्नपूर्णबाट सबै सहकारीले सिकेर अगाडि बढ्नुपर्ने बताए ।
सहकारीका अध्यक्ष ऋषिराम चापागाईले संस्थाको बार्षिक प्रगती बिवरण तथा आय व्यय विवरण प्रस्तुत गरेका थिए । २०४१ सालमा दुग्ध संकलन केन्द्रको रूपमा सुरू भयको सहकारीले हाल दुध संकलन, प्रसोधन तथा बजारिकणका साथै उन्नत पशु फार्मकासाथै दाना उध्योग संचालन गरिरहेको छ । सो अवसरमा दुध उत्पादन गरेका किसान र उत्कृष्ठ बिक्रेताहरूलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप