नवजात शिशुको मृत्युपछि कीर्तिपुर अस्पतालमा तोडफोड, १७ जना पक्राउ
शनिबार, १८ पुस २०७७, १७ : ५४
काठमाडौं । सुत्केरी हुन नसकेर राजधानीको कीर्तिपुर अस्पताल भर्ना भएकी थिइन्, सविना सुवेदी थापा । धादिङ घर भएकी थापाले जन्माएको नवजात शिशुको मृत्यु भएपछि उनका आफन्तले कीर्तिपुर अस्पतालमा तोडफोड गरेका छन् ।
अस्पताल तोडफोड गर्ने १७ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए । उनले भने–‘अहिले अस्पताल प्रशासन र पीडित पक्षबीच वार्ता हुन लागेको छ ।’
पीडितका आफन्तले डाक्टरको लापरवाहीले बच्चाको निधन भएको दावी गरेका छन् ।
पक्राउ गरिएकाहरुलाई महानगरीय प्रहरी वृत्त कालीमाटीको हिरासतमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा
-
टीयू मैदानमा अझै छ क्रिकेट क्रेज, तस्बिरहरू
-
मुम्बई : यात्रुले भरिएको डुङ्गा समुद्रमा पल्टिँदा दुई जनाको मृत्यु
-
जनजीविका र राष्ट्रिय मुद्दामा समाजवादी मोर्चा निष्प्रभावी
-
उमर खालिदले दिल्लीको अदालतबाट पाए अन्तरिम जमानत
-
‘नेपाल टेलिकमले ५ हजारसम्मको उपहार दिन्छ भन्ने सूचना झुटो’