शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लाइसेन्स नवीकरणमा लचक देखियो विभाग

शनिबार, १८ पुस २०७७, १७ : ४८
शनिबार, १८ पुस २०७७

औषधी व्यवसायीहरुको व्यवसायीक प्रमाणपत्र (लाइसेन्स) नवीकरणमा औषधी व्यवस्था विभाग लचक देखिएको छ । 
औषधी व्यवसायका लागि विभागबाट जारी हुने व्यवसायीक प्रमाणपत्रको नवीकरण पाँच वर्षमा गर्ने व्यवस्था गर्न औषधी व्यवसायीहरुले माग गरेपछि विभागले लाइसेन्सको अवधि बढाउन सक्ने संकेत गरेको हो । 

शनिबार भक्तपुरमा आयोजित नेपाल औषधी व्यवसायी संघ, बागमती प्रदेशको प्रथम अधिवेसनलाई सम्बोधन गर्दै विभागका महानिर्देशक भरत भट्टराईले औषधी व्यवसायीलाई दिइने व्यवसायीक प्रमाणपत्रको अवधि बढाउन सकिने बताए । अहिले औषधी व्यवसायका लागि दिने व्यवसायीक प्रमाणपत्रको हरेक वर्ष नविकरण गर्नुपर्ने व्यवस्था छ । महानिर्देशक भट्टराईले भने तीन वर्ष देखि पाँच वर्ष भित्र कहिले नवीकरण गर्ने भन्ने सम्बन्धमा छलफल गरेर टुंगोमा पुग्न सकिने बताए । 

कार्यक्रममा महानिर्देशक भट्टराईले गुणस्तरीय सेवा प्रवाहको सन्दर्भमा विक्री वितरण आचारसंहितालाई ध्यान दिएर व्यवसाय गर्न औषधी व्यवसायीहरुलाई आग्रह समेत गरे । 
कार्यक्रममा नेपाल औषधी व्यवसायी संघ, बागमती प्रदेशका कार्यवाहक अध्यक्ष ध्रुव नारायण श्रेष्ठले खुद्रा व्यवसायी, थोक व्यवसायी र आयात व्यवसायीहरुका आ–आफ्नै समस्या रहेकोले सबैलाई एकैठाउँमा भेला गरी एकमुस्ट रुपमा समस्याको समाधान खोज्नुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप