केही नेताकाे जंगली महत्त्वकांक्षाले नेकपा दुर्भाग्य अवस्थामा पुग्याे : ईश्वर पाेखरेल
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पाेखरेलले पार्टीका केही नेताकाे जंगली महत्त्वकांक्षाका कारण नेकपा दुर्भाग्यको अवस्थामा पुगेकाे बताएका छन् ।
ओली समूहकाे काठमाडौं जिल्ला कमिटीद्वारा आयाेजित कार्यकर्ता भेलामा उने भने, "संसद् विघटनले मात्र नेकपा विभाजनकाे व्यवस्था आएकाे हाेइन । यसकाे भ्रुण धेरै पहिले नै पैदा भएकाे थियाे । त्यही भ्रुणले नेकपा विभाजनकाे अवस्था खडा भएकाे छ ।"
हिजाेदेखिकाे सिलसिला अनुसार आज नेकपा विभाजन भएकाे उनकाे भनाइ छ । पाेखरेलले भने, " प्रचण्डले काँग्रेससँग मिलेर सरकार बनाउन गरेको सहमतिकाे पत्र सुरक्षित छ । उहाँ एउटासँग चुनावी गठबन्धन गर्ने र सरकार अर्कोसँग धन्दामा हुनुहुन्थ्यो । हामीले आँखा चिम्लेर आलाेपालाे सरकार चलाउने विषयमा हस्ताक्षर गर्दा मात्र मात्र उहाँ तयार हुन भएकाे हाे ।" तर सरकार बनेकाे केही महिनापछि फेरि पदकाे लाेभमा चलखेल सुरु भएकाे उनले बताए ।
प्रचण्डका कारण मन्त्रिपरिषद् पुनर्गठन र संवैधानिक निकायमा पदाधिकारी नियुक्त हुन नसक्ने अवस्था खडा गरिएकाे पाेखरेलकाे भनाइ छ । पार्टी एकता विराेधी हर्कतबारे जनतालाई प्रस्ट पार्नुपर्ने भन्दै उनले भने, "अवसरकाे नंग्न रुप अनुसार जाेसुकैसँग पनि मिल्ने प्रचण्डजीकाे प्रवृत्ति र माधव नेपालकाे कुन्ठाबाट अहिलेकाे अवस्था खडा भएकाे छ । यसकाे भण्डाफाेर गर्नुपर्छ ।' केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउने कुराकाे भण्डाफाेर गर्नुपर्ने पनि पाेखरेलकाे भनाइ छ ।
पोखरेलले प्रचण्डले पार्टी कब्जा गर्ने गरी गतिविधि सञ्चालन गरेपछि गम्भीर समस्या देखा परेको उल्लेख गरे। “प्रचण्डले निर्वाचनका बेलादेखि नै सहमति उल्लङ्घन गर्दै आउनुभएको हो”, उनले भने, “एउटै चुनाव चिन्हमा निर्वाचनमा जाने सहमति कार्यान्वयन नगर्दा १० लाख मत खेर जान पुग्यो ।” उनले आफूहरु अझै पनि एकताका पक्षमा रहेको उल्लेख गर्दै एकता कमजोर पार्न खोज्ने तत्वलाई उचित ढङ्गले जवाफ दिन तयार रहेको चेतवानी दिए ।
उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्रीले राष्ट्रियता र स्वाधीनताका पक्षमा दृढता पूर्वक उभिदै नाकाबन्दीको सामना, चीनसँग पारवहन सम्झौता र भारतले अतिक्रमण गरेको भूमि समेटी नयाँ नक्सा जारीलगायतका थुप्रै महत्वपूर्ण काम गर्दा सो समूहलाई असह्य भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सालको पात बेचेर खर्च जुटाउँदै महिला
-
तनहुँको सयपत्री कतार निर्यात
-
सरसफाइमा सक्रिय महिला कामदार
-
पूर्वाधार र प्रचार अभावमा ओझेल परेको गन्तव्य ‘कोटथुम्का’
-
किसानले पाल्न छोडे हल गोरु, आधुनिक हलोले जोत्छन् खेतबारी
-
१२ बजे, १२ समाचार : 'बंगलादेशसँग हारेपछि प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी' देखि 'धनराज गुरूङमाथि अनुसन्धान गर्ने गृहमन्त्रीको भनाइ'सम्म