बिहीबार, १५ कात्तिक २०८१
ताजा लोकप्रिय

संसद विघटनकाे कदम अग्रमागी: बादल

शनिबार, १८ पुस २०७७, १५ : २९
शनिबार, १८ पुस २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले  प्रतिक्रियावादीहरुको नेकपा विभाजन गराउने रणनीति सफल भएकाे बताएका छन् ।  ओली निकट काठमाडौं जिल्ला कार्यसमितिद्वारा आयाेजित कार्यकर्ता भेलामा गृहमन्त्री समेत रहेका बादलले भने, "अहिले नेकपाकाे एउटा गुट अलग भएकाे छ । नेकपा विभाजित हुँदा प्रतिक्रियावादी खुसी भएका छन् । नेकपाकाे दुई तिहाइकाे संसद विघटन हुँदा पनि खुसी छन्  । अब प्रतिगनका दिन आए भनेर सडकमा खुसी देखिएका छन् ।"  

बादलले विभाजत नेकपा जाेड्न जनतामा जाने निर्णय गरिएकाे बताए । प्रतिक्रान्ति राेक्नका लागि जनताकाे सहयाेग आवश्यक रहेकाे पनि उनले बताए । उनले भने,  'पुरानाे संसद अस्थिरकाे माध्यमका रुपमा खडा भएकाे छ। यसकाे पुनःस्थापना आवश्यक छैन । नयाँ संसदकाे स्थापना आवश्यक छ । त्यसका लागि निर्वाचनमा जाने निर्णय गिरएकाे छ ।" 

पार्टीमा पदलाेलुपताले एउटा गुट अलग थापाले भएकाे बताए । "कसैलाई प्रधानमन्त्री हुनुछ,  कसैलाई राष्ट्रपति हुनुछ, कसैलाई पार्टीकाे अध्यक्ष र सचिव हुन छ। अहिलेकाे बहस यसैमा केन्द्रित छ," उनले भने । पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीमाथि कृतिम आराेपपत्र दायर गरेर पार्टीलाई विभाजनको तहसम्म पुर्याएकाे आराेप समेत उनले लगाए । संसदमा अविश्वासकाे राखेर प्रधानमन्त्रीमाथि राजनीति कू गर्न खाेज्दा संसद विघटन गरिएकाे उनले बताए । संसद विघटनकाे कदम अग्रमागी भएकाे भन्दै उनले यसले प्रतिगमनलाई राेकेकाे दावी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप