बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

नेकपाको राजमार्गमा प्रचण्डले तगारो खडा गरेः कृष्णगोपाल श्रेष्ठ

शनिबार, १८ पुस २०७७, १४ : ४३
शनिबार, १८ पुस २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली पक्षका केन्द्रीय सदस्य तथा शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले नेकपाको राजमार्गमा तगारो आएको बताएका छन् ।   
ओली पक्षको काठमाडौं जिल्ला कार्यसमितिको कार्यकर्ता भेलामा श्रेष्ठले  प्रचण्डबाट खडा भएको तगारो हटाउन आफूहरु नथाक्ने पनि बताए । 

नेकपा अध्यक्ष केपी ओलीले नेपालमा कम्युनिस्ट पार्टी बनाउने सपनाका साथ माओवादी केन्द्रसँग एकता गरेको पनि बताए । तर त्यसमा प्रचण्डबाट अवरोध खडा गरिएको श्रेष्ठको आरोप थियो । प्रचण्ड लोभी पापी चिन्तन बोकेर  हिँडेको पनि उनले आरोप लगाए ।  प्रचण्डलाई पुष्पकमल दाहाल बनाए पनि फेरि प्रचण्ड हुँदा अहिलेको अवस्था आएको बताउँदै उनले केपी ओेली नै नेकपाको संस्थापन भएको दावी गरे । 

 राष्ट्रपति र प्रधानन्यायधीशमाथि महाभियोग तथा प्रधानमन्त्रीमाथि अविश्वासको तयारी भएकोले संसद विघटन गरिएको श्रेष्ठले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप