अङ्ग्रेजी नयाँ वर्षसँगै आन्तरिक पर्यटकले धुलिखेलका होटल भरिभराउ
अङ्ग्रेजी नयाँ वर्ष सन् २०२१ को आगमनसँगै आन्तरिक पर्यटकले धुलिखेलका होटल भरिभराउ भएका छन् । कोरोना भाइरस सङ्क्रमणको प्रभावले लामो समयदेखि प्रायः सुनसान बनेको काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेलका होटलमा नयाँ वर्ष मनाउन आउनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि अहिले धुलिखेल आउन चाहनेका लागि होटलमा बास बस्न कोठाको अभाव रहेको होटल व्यवसायी बताउँछन् ।
अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्या र नयाँ वर्ष मनाउनको लागि धुलिखेल आउने आन्तरिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि यतिबेला धुलिखेलका होटल भरिएको हो । धुलिखेल देवीस्थान डाँडामा रहेको होटल पानारोमाका सञ्चालक चञ्चल नगरकोटीले नयाँ वर्ष शुरु हुनुभन्दा अगाडिदेखि नै होटल बुक गर्ने गरेको कारण अहिले आउनेका लागि कुनै व्यवस्थापन गर्न नसक्ने बताए ।
क्षेत्रीय होटल सङ्घ मानव संशाधन तथा तालीम व्यवस्थान समिति सदस्य मोहनबहादुर गजुरेलले नयाँ वर्षमा समूहमा रमाइलो र मनोरञ्जन गर्न शान्त वातावरणमा क्याम्प फायर गर्न आउनेको सङ्ख्या उल्लेख्य भएको बताए। “एकातिर काठमाडौँबाट नजिकको ठाउँ, अर्कोतिर वातावरण पनि चिसो र शान्त ठाउँ, कोलाहल नहुने प्राकृतिक मनोरम वातावरण भएको कारण पनि धेरैजसोको रोजाइको केन्द्र धुलिखेल भएको छ”, उनले भने, “झन पछिल्लो समयमा कोरोना महामारीका कारण घरमा नै खुम्चिएर बस्नुपरेको कारण मान्छेलाई कहाँ जाने होला भन्ने भइरहेको बेला अङ्ग्रेजी नयाँ वर्षमा घुम्न आउनेको सङ्ख्या ह्वात्तै बढेको छ ।”
लामो दूरी चल्ने महत्वपूर्ण अरनिको राजमार्ग र बिपी राजमार्गले जोडिएको धुलिखेल पर्यटकको आकर्षकको केन्द्र बन्दै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
-
पेरिस पुगेर फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेलेले दिए नेपाल भ्रमणको निम्तो
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म
-
श्रीमतीसँग झगडा परेपछि हराएका महर्जन १७ दिनपछि शिवपुरी जङ्गलमा भेटिए मृत
-
मर्यादित भएर होली पर्व मनाउन प्रशासनको उर्दी