शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जब पहिलोपटक सिन्दुर लगाएर विवाह समारोहमा पुगिन् रेखा...

शनिबार, १८ पुस २०७७, १० : १५
शनिबार, १८ पुस २०७७

एजेन्सी – बलिउडकी सदाबहार अभिनेत्री रेखा आज ६६ औँ जन्मदिन मनाइरहेकी छिन् । संसारका सुन्दर अभिनेत्रीहरुमा एक रेखा प्रायः व्यक्तिगत जीवनका विषयलाई लिएर चर्चामा रहन्छिन् । 

रेखाको जन्मदेखि नै आजसम्म केही न केही कहानी रहेको छ । उनी उनको माता पिताको विवाह नहुँदै जन्मिएकी थिइन् । साथै, जन्मपछि मोटोपनका कारण उनी निकै मजाकको पात्र बनिन् । उनले घर खर्चको लागि सानै उमेरदेखि काम गरिन् । 

यति मात्र होइन रेखाको प्रेमसम्बन्ध, विवाह र विशेषगरी उनले लगाउने सिन्दुरले निकै चर्चा पाइरहन्छ । 

रेखा सबैभन्दा पहिले सिउँदोमा सिन्दुर र गलामा मंगलसुत्र लगाएर ऋषि कपूर र नितुको विवाहमा गएकी थिइन् । उनले कोसँग कहिले विवाह गरिन् कसैलाई केही थाहा नै भएन । उनले जब सन् १९८० जनवरी २२ मा नितु र ऋषिको विवाहमा सिन्दुर लगाएर पुगिन् तब सबैलाई आश्चर्यमा पारिदिइन् । 

उक्त घटनाअघि रेखा र अमिताभको प्रेमसम्बन्धको बारेमा निकै चर्चा परिचर्चा हुने गर्दथ्यो । धेरैले रेखा र अमिताभको सम्बन्धलाई लिएर विभिन्न अड्कल बाजी गर्ने गर्थे । उक्त विवाहमा अमिताभ र उनकी पत्नी जया पनि उनीहरुको मातापितासँग आएका थिए । जया रेखालाई देखेर निकै आश्चर्यमा परेकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप