यस्ता रोगबाट बच्न बिहान खाली पेटमा लसुन
एजेन्सी – नेपाली खानाको स्वाद बढाउनका लागि लसुनको प्रयोग गर्ने गरिन्छ । लसुनको पातदेखि यसको केस्रासमेतले तरकारीको स्वाद बढाइदिन्छ । यसको सुगन्धले समेत तरकारीलाई थप स्वादिष्ट बनाउँछ । लसुनमा पाइने एलिसन र एजोइन साथै आर्गोसल्फर यौगिकका कारण शरीरालाई मजबुत बनाउँछ ।
लसुनलाई तरकारीको स्वाद बढाउनका लागि मात्रै होइन यसको सेवनले लामो समयसम्म औषधिको रुपमा प्रयोग गर्न सकिन्छ । यसको प्रयोग बिहान गर्दा सबैभन्दा बढी उपयोगी हुन्छ ।
कसरी खाने ?
लसुनको दुई वटा केस्रा लिएर त्यसको बाहिरको बोक्रा फाल्ने र थिचेर खाली पेटमा पानीसँग खाने । खाली पेटमा दुई केस्राभन्दा बढी लसुन खानुहुँदैन । तर, तपाईंमा वाकवाकी लागेमा, कब्जियत भएमा लसुनको सेवन नगर्नुस् । गर्भवती महिला, बच्चा, मधुमेह, न्यून रक्तचाप र स्तनपान गराइरहेकी महिलाले पनि खाली पेटमा यसको सेवन गर्न हुँदैन ।
के छ फाइदा ?
काँचो लसुन मुख गन्हाउने र पेटमा जलन पैदा गर्ने कारक तत्व बन्न सक्छ । तर यसको सेवनले रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्छ । यसमो क्यालोरीको मात्रा कम र भिटामिन सी, भिटामिन बी६ र म्याग्नीजले भरपुर हुन्छ । यसमा भएको सल्फर यौगिकका कारण यो निकै फाइदाजनक हुन्छ । लसुन चपाउने, काट्ने र थिच्ने समयमा यसमा भएको यौगिक निस्किन्छ । र उक्त यौगिक पाचन नली हुँदै शरीरमा प्रवेश गर्छ । शरीरमा प्रवेश गरेपछि लसुनमा भएको यौगिकले बायोलोजिकल प्रभाव पार्छ ।
रोग प्रतिरोधात्मक क्षमता बढाउन
दिनमा ४ देखि ५ केस्रा लसुनको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । चिसो मौसममा यसको सेवन अत्यन्त जरुरी हुन्छ । यसमा भएको यौगिक र स्वतन्त्र रेडिकल्स र रोगको कारण बन्ने विभिन्न प्रकारका जिवाणुसँग लड्न मद्दत गर्छ । थिचेको लसुनमा एलिसन हुन्छ जसले स्वास्थ्यमा आन्तरिक रक्षा तन्त्र बढाउँछ ।
पेटको स्वास्थ्यका लागि
पेट स्वस्थ हुनु र मोटोपनमा कमी आउनु दुवै एक अर्कासँग सम्बन्धित हुन्छन् । आन्द्रामा राम्रो ब्याक्टेरियाको संख्यामा कमी गर्न लसुन निकै फाइदाजनक हुन्छ । पेटसँगसम्बन्धित विभिन्न समस्या कम गर्न लसुनको प्रयोग गर्नुपर्छ ।
शरीरलाई डिटोक्स गर्न
काँचो लसुनको सेवनले शरीरलाई डिटोक्स गर्छ । काँचो लसुनले शरीरबाट टोक्सिन्स निकाल्छ । लसुनमा हुने सल्फाइड्राइल यौगिकले शरीरमा भएको दुषित अंश हटाएर मधुमेह, डिप्रेशन र क्यान्सर जस्ता समस्या हुनबाट बचाउँछ ।
छालाका लागि फाइदाजनक
सुख्खा छाला र चिलाउने समस्यामा लसुन फाइजनक हुन्छ । खाली पेटमा लसुनको सेवन गर्दा कोमल छाला र सफा छाला बनाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई