ad
केन्द्रीय संस्करण
कोरोनाभाइरस

युरोपेली मुलुकमा खोपको नतिजा राम्रो देखियो भन्दैमा नेपालमा पनि त्यही हुन्छ भन्ने छैन

कोरोनाभाइरस र हाम्रो शरीरको रक्षात्मक प्रणालीबीचका जान्नुपर्ने कुराहरु धेरै बाँकी छन् : डा. शेरबहादुर पुन, संक्रामक रोग विशेषज्ञ (भिडियोसहित)

person explore access_timeपुस १७, २०७७ chat_bubble_outline0

 

 

कोरोनाभाइरसका विविध पक्षहरु तथा यस विरुद्धका खोपका विषयमा केन्द्रित रहेर संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग रातोपाटीका लागि ज्ञानमित्रले लिएको अन्तर्वार्ताको सम्पादित उतार प्रस्तुत छ :

कोरोनाभाइरसको नयाँ स्ट्रेन देखापरेको चर्चा चलिरहेको छ । यस बारेमा के कति अपडेट हुनुहुन्छ ?

नयाँ स्ट्रेन अथवा भेरिएन्ट जे जस्ता नाम दिए पनि कोरोनाभाइरस महिनैपिच्छे वा समयक्रमअनुसार विस्तारै ससाना म्यूटेट हुन्छन् नै । यसले आप्mनो ‘रिप्लिका’ गर्ने (प्रतिलिपि बनाउने) बेलामा थुपै्र इररहरु पनि कपी गर्ने गर्छन् । त्यसमा पनि आरएनए भाइरसले चाहिँ एकदम बढी मात्रामा गर्छन् भन्ने भनाइ छ । त्यसले गर्दा कतिपय अवस्थामा हामीलाई थाहा नभइकनै पनि  यो म्यूटेसन भइरहन्छ ।

प्राविधिक रुपमा उनीहरु दक्ष भएका कारण दक्षिण इङग्ल्यायाडमा संक्रमितको संख्या बढेको देखियो । कुनै यस्तो लहर आउनका लागि म्यूटेसन पनि एक प्रमुख कारण हुन सक्छन् । अरु पनि कारण हुन सक्छन् । किनभने यसले हाम्रो भएको एन्टीबडीलाई छलाउन सक्ने सम्भावना बढी हुन सक्छ । त्यही कारणले संक्रमणको लहर फेरि थपिन सक्छ । पहिले स्पेनबाट शुरु भई युरोपमा देखिएको दोस्रो लहरमा पनि भाइरसको जिनमा केही म्यूटेसन भएको देखिएको थियो । इङल्याडमा पनि दोस्रो लहर देखिएपछि संकलन गरेको नमुना हेर्दा भाइरसको बनावटमा परिवर्तन आएको देखियो । भेरिएन्ट अफ कन्सर्न (भीओसी) भनिन्छ, त्यसलाई 2020.12.01 भनेर नामकरण गरियो । त्यसलाई B.1.1.7 पनि भन्ने गरिन्छ । जसरी बुझिए पनि अहिले देखिएको कोरोना भाइरसको  नयाँ भेरिएन्टका कारण इङग्याडमा सेप्टेम्वरदेखि डिसेम्वरसम्म आइपुग्दा दुईतिहाई भन्दा बढी  संक्रमित यही नयाँ भाइरसका कारण भए भन्ने छ । अझ पछिल्लो अपडेट हेर्ने हो भने धेरैभन्दा धेरै अस्पतालहरु भरिभराउन हुन थाले भन्ने कुराहरु पनि आएका छन् । यो भाइरसको बारेमा अनुसन्धानहरु गर्दा बेलायतका वैज्ञानिकहरुले गणीतीय मोडलिंगको आधारमा यो भाइरसले आफुलाई तिव्र गतिमा फैलाउन सक्ने क्षमता वृद्धि गराएको पत्ता लगाएका छन् । भाइरस जति धेरै छिटो फैलियो त्यति मानिस प्रभावित हुने भएकोले यो चिन्ताको विषय बन्यो  । त्यसले अस्पताल भर्ना हुनेको संख्या बढ्ने र जनस्वास्थ्यका जनशक्ति, स्रोत साधनहरु कमी हुने सम्भावना बढ्यो । फलतः बिरामीलाई पाउने गुणस्तरीय सेवा नपाउने र  सक्ने, मृत्यु हुनेको संख्या बढ्ने सम्भावना हुन्छ ।

यो भाइरसको बारेमा अनुसन्धानहरु गर्दा बेलायतका वैज्ञानिकहरुले गणीतीय मोडलिंगको आधारमा यो भाइरसले आफुलाई तिव्र गतिमा फैलाउन सक्ने क्षमता वृद्धि गराएको पत्ता लगाएका छन् । भाइरस जति धेरै छिटो फैलियो त्यति मानिस प्रभावित हुने भएकोले यो चिन्ताको विषय बन्यो  ।

यही समयमा वैज्ञानिकहरुले यो भाइरस कति कडा हो त भनेर पनि हेरिरहेका छन् । महत्वपूर्ण प्रश्न यसले खोपलाई चुनौती दिन्छ कि दिदैँन भन्ने पनि बनेको छ । तिव्रगतिमा सर्ने त्यो चिन्ताजनक विषय भएकैले विश्वले नै बेलायतसँग सम्बन्धविच्छेच्द गरेको अवस्था छ  ।

भाइरस आफैमा एकदमै कडा खालको रहेको  वा लक्षणहरुलाई अत्यन्तै जटिल अवस्थामा पुर्याउने भन्नेबारे  अहिलेसम्म वैज्ञानिकहरुको निष्कर्ष छैन । ठीक यही क्रममा अहिले निस्किएका खोपहरुमा तुरुन्तै यसले प्रभाव पार्दैन होला वा यो प्रभावहीन हुन्छ कि पहिले भनिएको खोपको ९५ प्रतिशतसम्म भनिएको प्रभावकारिता रहन्छ कि रहँदैन भन्ने कुरा पुष्टि भइसकेको पनि छैन । निस्किएका खोपको प्रभावकारिता ९५ प्रतिशत हुन्छ भनिएकोमा कतै नयाँ भेरिएन्टले त्यसमा उतारचढाव आउन सक्छ कि सक्दैन भनेर अहिल्यै भन्न सक्ने अवस्था छैन ।

अनुसन्धान गर्ने क्षमता भएका कारण इंग्ल्याण्डले अहिले संक्रमण बढ्नेबित्तिकै भाइरसको नयाँ स्ट्रेन भनेर पत्ता लगाए । नेपालको सन्दर्भमा यहाँ नयाँ प्रकारको भाइरस छ कि छैन भनेर हामी पत्ता लगाउन सक्छौं ?

धेरै पहिले नै मैले भनेको थिएँ, पहिलो लकडाउन अगाडिको तथ्याङ्क हेर्ने हो भने ९९ दशमलव ७ प्रतिशत लक्षणविहीन संक्रमित रहेछन् । क्वारेन्टिनमा बसेकाहरु त मलाई पनि कोरोना छ र भन्नेसम्म पनि देखिए । लक्षणसहितका संक्रमित भेटिन थालेपछि मैले नेपालभित्रै भाइरसमा केही परिर्वतन आयो कि आएन भनेर जहिले पनि प्रश्न उठाएँ । भाइरसको वनावटमा केही परिवर्तन आयो कि ? वातावरणले भाइरसमा केही परिर्वतन पार्यो कि ? किन यस्तो भयो त भनेर मैले त्यहीँ बेलामा प्रश्न राखेको थिएँ । विशेष गरी भारतबाट नेपाली फर्किने चाप बढेको त्यो बेला फर्किएकालाई परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको र तर लक्षणविहीन संक्रमितहरु अत्यधिक मात्रामा रहेकोले  मलाई कोरोना छ  र ? भन्ने पनि थिए । त्यो बेला विश्व स्वास्थ्य संगठनको आँकडा अनुसार, ९९ दशमलब ७ प्रतिशत लक्षणविहीन थिए ।

सम्भवतः वीरगञ्जतिर लक्षणसहितका बिरामी देखिन थालेपछि क्रमशः काठमाडौंमा पनि ज्वरो आउने, खोकी लाग्ने लक्षण भएका मानिसहरु देखिन सुरु भयो । त्यहीँनिर मैले प्रश्न गरेको थिए– धेरै मानिसहरु लक्षणरहित अवस्थामा देखिइरहेको बेलामा अचानक लक्षणसहित कसरी देखिन थाले त ? 

हामीलाई थाहा छ समयक्रम अनुसार भाइरस  म्यूटेसन भइरहन्छ । यहाँँनिर आउँदा अनुसन्धानकर्ताको नाताले मैले एउटा प्रश्न सार्वजनिक रुपमा नै उठाएको थिएँ कि कतै नेपालमा पनि भाइरसमा केही परिर्वतन त आएन ? भाइरसमा परिर्वतन त आउँछ नै । तर आधारभूत परिवर्तन भएर भाइरस लक्षण नभएकोबाट लक्षण भएकोमा पो सरेको हो कि ?

नेपालमा कोरोनाभाइरस देखिन थालेको ११ महिना बढी भइसकेको छ । हामीलाई थाहा छ समयक्रम अनुसार भाइरस  म्यूटेसन भइरहन्छ । यहाँँनिर आउँदा अनुसन्धानकर्ताको नाताले मैले एउटा प्रश्न सार्वजनिक रुपमा नै उठाएको थिएँ कि कतै नेपालमा पनि भाइरसमा केही परिर्वतन त आएन ? भाइरसमा परिर्वतन त आउँछ नै । तर आधारभूत परिवर्तन भएर भाइरस लक्षण नभएकोबाट लक्षण भएकोमा पो सरेको हो कि ? त्यो बीचको कुरा थियो । त्यसले मलाई लामो समयसम्म मेरो मनमा खुल्दुल बनाएको थियो । त्यतिबेला भाइरसको बनावटको विश्लेषण तथा अनुसन्धान खासै भएको मलाई थाहा छैन । पछि नेपाल सरकारको स्वास्थ्य अनुसन्धान परिषद्ले अरुसँग मिलेर भाइरसको बनावट हेर्दा नेपालमा धेरैभन्दा धेरै संक्रमितमा देखिएको भाइरस भारतमा देखिएको भाइरससँग मिल्दोजुल्दो भएको भनिएको छ, धेरै त भनिएको छैन ।  मेरो चाहना  चाहिँ त्यहाँ भित्र म्यूटेसनको के कस्तो अवस्था थियो होला त भन्ने जान्ने थियो ।

तपाईंले अघि भन्नुभयो– नयाँ स्ट्रेनको भाइरसको प्रसार दर बढी देखिएको छ । तर मृत्युदर बढाउने गरी यसको घातकता पनि बढी भएको प्रमाणित भएको त छैन नि ?

छैन । त्यसकारण नै मैले चाहिँ अकैतर्फबाट यो धेरै फैलनु पनि किन राम्रो होइन भनेर भनेको हो । बढी संक्रमित भए स्वास्थ्य पूर्वाधार तथा जनशक्तिले धान्न नसक्ला र त्यो कारणले पनि मृत्यु दर बढ्न सक्छ भन्ने मेरो भनाइ हो ।

भाइरसको घातकता बढेको छैन भने पनि प्रसार क्षमता बढी भएको नयाँ स्ट्रेन आएको छ । के यसका विरुद्ध हाल निर्माण भएका खोपहरुले काम गर्छन् ?

यो मेरो लागि पनि चासोको विषय हो । पहिलो, देखिइरहेको भाइरसभन्दा यो नयाँ भाइरसले मृत्युदर कति बढाउँछ ? तत्कालको तथ्याङ्क हामीसँग उपलब्ध छैन, यो अनुसन्धानको क्रममा छ । दोस्रो, खोपलाई प्रभाव पार्छ कि पार्दैन भन्ने सबैको चासोको विषय भयो । तेस्रो, भर्खर संक्रमणबाट मुक्त भएका २ लाखभन्दा बढी नेपालीहरु र संसारभरका कोरोडौं मानिसहरुलाई पुनः कोरोना संक्रमण हुन्छ कि हुँदैन भन्ने हो । यस प्रश्नको उत्तर वर्तमान समयमा स्पष्ट छैन । तर यो बारेमा धेरै लामो समयदेखि मैले पनि हेरेको र मोलिक्युलरसम्बन्धी काम समेत गरेको हुँदा के सोच्न सक्छु भने केही गरी अहिले जस्तै कोरोना भाइरस म्यूटेसन छिटो छिटो भइरह्यो भने खोपलाई चुनौती दिन सक्ने सम्भावना हुन सक्छ ।

केही गरी अहिले जस्तै कोरोना भाइरस म्यूटेसन छिटो छिटो भइरह्यो भने खोपलाई चुनौती दिन सक्ने सम्भावना हुन सक्छ ।

एउटा उदाहरण, इन्फ्लुन्जाको दिन्छु । त्यसले हरेक मौसममा उक्त भाइरस म्यूटेसन भइरहने हुनाले  खोपको कम्पोनेन्टमा परिवर्तन गर्नुपर्छ । यसो गर्नुका कारण भाइरस पहिलाभन्दा बलियो वा कमजोर वा  फरक भएको हुन सक्छ । यही कारण हरेक मौसममा विश्व स्वास्थ्य संगठनले दक्षिण गोलार्द्ध र उत्तर गोलार्द्ध भनेर छुटाछुट्टै कम्पोनेट सहितको खोप निर्माण गर्छ  । फ्लुको खोपले ४०–५० देखि ६०–७० प्रतिशतभन्दा बढी सुरक्षा प्रदान गर्दैन भन्नुको कारण पनि त्यो छिटोछिटो म्यूटेसन भइरहेको हुनु नै हो । कोरोना पनि अत्यधिक मात्रामा म्यूटेसन हुँदै गयो भने अहिले ९५ प्रतिशत प्रभावकारी देखिएको खोपको प्रभाव विस्तारै घट्दै जान वा तलमाथि  हुन सक्छ । यो कुरा भाइरसले आगामी दिनहरुमा कसरी आफैलाई सस्टेन हुनका लागि परिवर्तित हुँदै जान्छ भन्ने कुरामा भर पर्छ । म्युटेसन धेरै हुँदै जानु हाम्रो लागि चाहिँ राम्रो कुरा होइन जस्तो लाग्छ ।

परम्परागत पद्दतिसँगसँगै मेसेन्जर आरएनएन (mRNA) पद्दतिबाट पनि कोरोनाविरुद्धको खोप बनेको कुरा आएको छ । यी दुवैमा के भेद होला ?

भ्याक्सिन आफैँमा एटिन्यूट अथवा इनएक्टिभेट भ्याक्सिन हो र त्यो आफैमा भाइरसकै कुरा भयो । त्यसलाई नै हाम्रो मिमिक गराई त्यसको विरुद्धमा बनाउने र त्यसको सानो भागमात्रै राखेर हामो शरीर भित्र पुर्याइदिनु पर्यो । जसले गर्दा आगामी दिनमा साँच्चै नै भाइरस केही  गरि शरीरमा आयो भने त्यसको विरुद्धमा लड्न, शरीरलाई एन्टीबडी बनाउन तालिम दिने जस्तो हो ।

एमआरएनए प्रविधि अरुअरुमा प्रयोग गरिएको कुरा पनि आएको छ । तर, संक्रामक रोगहरुमा धेरै छैन जस्तो लाग्छ । अहिले एकदम सजिलो शरीरलाई बढी मात्रामा बलियो र सक्षम बनाउन सकिन्छ कि भन्ने दृष्टिकोणले त्यो खालको अनुसन्धानहरु गरेको देखिन्छ । पक्कै पनि यो टेक्नोलोजी अहिलेको लागि चाहिँ अलिकति नौलो जस्तो पनि देखिन्छ ।

कोरोनाविरुद्धको भ्याक्सिनले शरीरमा बन्ने एन्टिवोडी ३ देखि ६ महिना रहन्छ भन्ने छ । त्यसपछि के पुनः भ्याक्सिन लगाउन जानुपर्छ ?

साँच्चै भन्नुपर्दा वैज्ञानिकहरु पनि यसबारेमा पूर्णरुपमा स्पष्ट छैनन् । प्रारम्भिक अध्ययनहरुले कोरोनाविरुद्धको  प्राकृतिक प्रतिरोधी क्षमता २÷३ महिना रहन्छ भन्ने थियो । पछि साइन्स जर्नलमा चाहिँ ५ महिनासम्म देखिन्छ भन्ने कुरा लेखिएको थियो । त्यसलाई आधार मान्ने हो भने त्यसपछि एन्टिबडीको प्रभाव तिव्ररुपमा कम हुँदै जान्छ । त्यसरी एन्टिबडीको क्षमतामा ह्रास आउँदै गएपछि पुन संक्रमित हुनसक्ने सम्भावना चाहिँ व्यक्त गरिएको छ ।

यो कतै व्यापार त होइन ? शरीरभित्र एकपटक एन्टिबडी बनेर शरीरको इम्युन सिस्टमले त्यो भाइरसलाई सामना गर्ने कला जानी सकेको छ भने त्यो ६ महिनाभित्रै गुमेर जान्छ र ?

त्यो होइन । त्योसँगसँगै टीकोष लगायत अरु कोषहरुको पनि कुरा आएको छ । तिनीहरु लामो समयसम्म रहन सक्छ भन्ने कुरा पनि आएको छ । तर, मैले यहाँ त्यो कुराहरु धेरै गरिनँ भने बास्तवमा भन्ने हो भने हामीले कोरोनाभाइरस र हाम्रो रक्षात्मक प्रणालीबीचको जान्नुपर्ने कुराहरु धेरै छन् ।

वास्तवमा अहिलेसम्म कोरोनाभाइरसविरुद्धकाे एन्टिबडीका बारेमा हाम्रो  ज्यादै कम ज्ञान छ । विज्ञ अनुसन्धानकर्ताहरुले पनि हुन सक्छ (मे बी), हुनुपर्छ (सुड बी) जस्ता शब्दहरु बढी प्रयोग गरेका छन् ।

चीन, पश्चिमा देशहरुमा निरन्तर अनुसन्धान गरिरहँदा त्यो एन्टिबडीको प्रभावकारिताका बारेमा खालको देखियो भन्ने कुरा हो ।  चीनबाट गरेको अनुसन्धानले २÷३ महिना भन्ने गर्थ्यो । आइसल्याडमा गरिएको एउटा राम्रो अनुसन्धानले एन्टिवोडी ४ महिना रहन्छ भनेको थियो । पछिल्लो समय साइन्स म्यागेजिनमा निस्केको अनुसन्धान लेखलाई विश्लेषण गर्दा ५ महिनासम्म एन्टिवोडी रहन्छ भन्ने देखिएको थियो । तर एन्टिबडीको क्षमता खस्कनेबित्तिकै तुरुन्तै धेरै मान्छे संक्रमित भइहाल्ने हो कि वा होइन भन्ने कुरा पनि अहिलेसम्म छैन ।

वास्तवमा अहिलेसम्म कोरोनाभाइरसका बारेमा हाम्रो  ज्यादै कम ज्ञान छ । विज्ञ अनुसन्धानकर्ताहरुले पनि हुन सक्छ (मे बी), हुनुपर्छ (सुड बी) जस्ता शब्दहरु बढी प्रयोग गरेका छन् । यस्तो हुनुको कारण हामीले जहिले पनि अरु भाइरसहरुसँग तुलना गदैं लान्छौं । उदाहरणको लागि कोरोनाभाइरस कहिलेसम्म रहन्छ भन्ने कुरा गर्दा पहिले विश्व स्वास्थ्य संगठनले यो सधैँभरि रहन्छ भन्यो । कुनै समयमा यो दुई वर्षसम्म रहँला भन्यो । त्यो किन भन्यो भन्दा ठोस रुपमा कसैलाई थाहा छैन । मलाई सोध्नु हुन्छ भने फरक भाइरसको कुरा भए पनि म उदाहरण दिन चाहन्छु । सन् २००९ मा स्वाइन फ्लू भनिएको भाइरस फ् यो हरेक सिजनमा देखियो, यो हामीसँगसँगै छ । त्यो बेलामा अन्तिम पेन्डामिकको नाम पनि यसलाई नै दिइएको थियो । अब त्यो भने जस्तो कतिपयले यो कोरोनाभाइरस सधैँ रहिरहन्छ होला भन्ने एउटा पाटो पनि छ । तर २००२–२००३ मा  देखिएको पहिलो सार्स कोरोना भाइरस– १ अहिले लगभग देखिदैँन । मलाई लाग्छ, अहिले देखिएको कोरोनाभाइरस त्यस्तै गरेर हराउन पनि सक्छ । अथवा कोरोनाभाइरस साँच्चै फरक व्यवहारमा आएको हो भने एउटा स्वाइनफ्लूलाई हरेक सिजनमा देख्छौं र त्यसरी नै सधैं हामीसँग रहिरहन पनि सक्छ ।

 यो संक्रमण कति समय लम्बिन्छ भन्ने विवाद चल्दै गर्दा यसबारेमा धेरै कुरा अझै हामीलाई जानकारी छैन । यसबारेमा धेरै कुराहरुको जानकारी शुरुवाती चरणमै रहेको पनि हुन सक्छ । कतिसम्म भने कोरोना विरुद्धको भ्याक्सिन नै यति छिटो ल्याइयो कि आम मानिस विश्वस्त हुन सकेका छैनन् । मलाई एक जना चिनेकै व्यक्तिले के भन्नुभयो भने भ्याक्सिन लाउन सुरु भएको जर्मनीमा ५० प्रतिशतभन्दा बढी मानिसले लगाउन मानेका छैनन् । फाइजर अमेरिकी –बायोएनटेक जर्मनी कम्पनीले बनाएकै खोपले पनि के गर्छ, कसरी काम गर्छ भन्नेबारे हामीलाई थाहा छैन भनेर कारण दिन्छन् रे । यसको ट्रायल पूर्ण रुपमा भएको छैन कि अथवा कतै यसले नकारात्मक असर पो गर्छ कि भन्ने भय मानिसमा रहेकोले पनि त्यस्तो भएको हुन सक्छ ।

एक पटक कोरोना संक्रमण भएर निको भइसकेका मानिसालाई भ्याक्सिन लगाउन आवश्यक पर्छ कि पर्दैन ?

यो प्रश्न पनि वैज्ञानिकबीचमा चलेको कुरा हो । तर, वैज्ञानिकहरु के कुरामा पक्का छैन भन्नेबारे मैले अघि पनि कुरा गरें ।  साइन्स म्यागेजिनका प्रकाशित भएका कुरालाई सन्दर्भ मानेर कुरा गर्ने हो भने एन्टिबडीले कति काम गर्छ र त्यसपछि कोरोना लागीहाल्यो भने के गर्ने भन्ने कुराको कुनै सुनिश्चितता छैन । त्यसैले कोरोना लागेर निको भए पनि लगाउनु राम्रो हुने धारणा वैज्ञानिक जगत्मा बनेको छ ।

कताकता मानिसले शंका गर्छन् यो कतै व्यापारको खेल त होइन ? ६–६ महिनामा भ्याक्सिन लिनुपर्यो भने त यो खरबौंको व्यापार हुने भयो नि ! यो सम्भावना रहन सक्दैन ?

आर्थिक पाटाका कुराहरु त्यसमा होला । तर, हामी एउटा स्वास्थ्यकर्मी भएकाले बढी मात्रामा बिरामीको बारेमा सोच्छौं । केहीगरी निको भइसकेका मानिस फेरि  संक्रमित भयो भने के गर्ने भन्ने हिसाबले हामी कुरा गर्छौं । त्यसको लागि व्याकअपको रुपमा पनि खोप लगाउनु नै उचित हुन्छ भन्ने धारणा हो ।

प्रत्येक वर्ष फ्लू इन्फ्लुएन्जा लाग्छ र निको पनि हुन्छ । मलाई लाग्छः ८० प्रतिशत नेपालीलाई त कुनै पनि औषधि सेवन नगरिकन पनि निको हुन्छ । कसैले एन्टिवायोटिक खानुपर्ला, त्यो छुट्टै कुरा हो । त्यसै गरी, जसलाई एक पटक कोरोना संक्रमण भएर ठिक भइसकेको छ, उसको निको हुने सम्भावना अरुभन्दा बढी नै हुन्छ । उसले एक पटक त्यो समस्याको सामना गरेर शरीरमा एन्टिबडी निर्माण भइसकेको हुन्छ ।

त्यो भन्नलाई पनि अलिकति हतार भयो भन्ने मेरो भनाइ हो । उदाहरणको लागि रोटाभाइरसको कुरा गरौं । रोटाभाइरसको पहिलो संक्रमणमा मृत्यु हुने सम्भावना बढी हुन्छ । दोस्रो पटक लाग्यो भने कम, तेस्रो पटक लाग्यो झन कम चौथो पटक हुँदै जाँदा पछि कति पटक लाग्यो होला, हामीलाई थाहा नै हुँदैन ।

भर्खरै कुनै व्यक्तिलाई लागेको छ भने त्यसलाई इन्जेक्सन दिने कि लाग्दै नलागेकोलाई दिने भनेर छुटाउन पनि गाह्रो छ ।  किनभने जोखिममा रहेका एउटा वृद्ध हुनुहुन्छ भने अर्कोतिर पहिला दिने भनिएका स्वास्थ्यकर्मी छन् । अथवा भर्खर संक्रमण भएर आएको रहेछ भने उसलाई दिने कि कसलाई दिने भन्ने कुरा आयो । यस्तो कुराहरु छन् त्यो बारेमा स्पष्ट जानकारीहरु छैन । बिना वैज्ञानिक आधार म त्यति धेरै बोल्न रुचाउन्नँ ।

 १९१८ को स्पेनिस फ्लू थियो । त्यसको के थियो ? त्यसैगरी प्लेगको के भयो ?

स्पेनिस फ्लूको कुरा गर्दा त्यहाँ दुई वटा लहर आएको कुरा छ । त्यसबेला पनि जम्माजम्मी ५ करोड मानिस मरे होलान् । पहिलो लहरमा पनि धेरै मानिसको मृत्यु भयो । दोस्रो लहरमा धेरै युवाहरुसँगै बढी मान्छे मरेको देखिन्छ । त्यसपछि पक्कै पनि यो फ्लू कै रुपमा रहिरहेको छ । त्यो कारणले एचवानएनवान पिडियम जिरो नाइन जोडेका कारणले एचवानएनवान स्पेनिस फ्लूलाई छुटाउनलाई नै नाम जोडदिएको हो । त्यो भनेको २००९ सालमा आएको भनेको हो । यस गर्दा अहिले चाहिँ यी प्रश्न पनि आएका हुन् । उदाहरणको लागि, भर्खरै कुनै व्यक्तिलाई लागेको छ भने त्यसलाई इन्जेक्सन दिने कि लाग्दै नलागेकोलाई दिने भनेर छुटाउन पनि गाह्रो छ ।  किनभने जोखिममा रहेका एउटा वृद्ध हुनुहुन्छ भने अर्कोतिर पहिला दिने भनिएका स्वास्थ्यकर्मी छन् । अथवा भर्खर संक्रमण भएर आएको रहेछ भने उसलाई दिने कि कसलाई दिने भन्ने कुरा आयो । यस्तो कुराहरु छन् त्यो बारेमा स्पष्ट जानकारीहरु छैन । बिना वैज्ञानिक आधार म त्यति धेरै बोल्न रुचाउन्नँ । शायद धेरै अनुमान गर्लान् र धेरै मानिसहरुले आआफ्ना तर्कहरु देलान् ।

कोरोनाविरुद्धको भ्याक्सिन लगाउन कतिपय मुलुकमा सुरु भएको छ । नेपाल पनि कुनै समय त भ्याक्सिन आउछ होला । नेपालको भौगोलिक अवस्था, भ्याक्सिनको सुरक्षित भण्डारण र वितरण जस्ता सन्दर्भमा नेपालका लागि कुन भ्याक्सिन उपयुक्त हुन्छ होला ? 

 यो सन्दर्भमा मैले दुईटा कुरामा जोड दिएको छु : नेपालमा देखाउने प्रभावकारिता र  बढी मात्रामा आर्थिक भार नपर्ने । नेपालमा परीक्षण नै नभएको अवस्थामा खोपको प्रभावकारिता कसरी हेर्ने त ? यस सन्दर्भमा मैले  के भन्ने गरेका छु भने नेपालको धेरै कुरा मिल्ने भनेको भारत नै हो । भारतमा कुनै पनि भ्याक्सिनको ट्रायल गरेको छ र त्यसले राम्रो नतिजा दिन्छ भने त्यो हाम्रो छनौट हुन सक्छ ।

मानौं भारतमा ५ वटा भ्याक्सिनमाथि परीक्षण गरिएको छ र सबैको लगभग उस्तैै प्रभावकारिता देखिएको छ भने हामीले नेपाललाई भार नपर्ने गरी आर्थिक पक्षहरु हेर्नुपर्छ । नेपाललाई भार पर्नु भनेको तपाईं हामी सबैलाई भार पर्नु हो । अमेरिकामा प्रभावकारी भयो भन्दा नेपाल त्यहीँ हुनुपर्छ भन्ने जरुरी छैन । मैले मात्रै भनेको होइन, यसभन्दा अघिका धेरै भ्याक्सिनहरुले त्यस्तै देखाएको छ । कस्तोसम्म देखिएको छ भने कतिपय विकसित देशमा धेरै राम्रो देखिएका भ्याक्सिन कुपोषण र विविधखालका संक्रमण भएका, शरीरको रोगप्रतिरोधी क्षमता कमजोर रहेका जब अफ्रिकी देशहरुमा  फेल पनि भएक छन् ।

अमेरिकामा प्रभावकारी भयो भन्दा नेपाल त्यहीँ हुनुपर्छ भन्ने जरुरी छैन । मैले मात्रै भनेको होइन, यसभन्दा अघिका धेरै भ्याक्सिनहरुले त्यस्तै देखाएको छ । कस्तोसम्म देखिएको छ भने कतिपय विकसित देशमा धेरै राम्रो देखिएका भ्याक्सिन कुपोषण र विविधखालका संक्रमण भएका, शरीरको रोगप्रतिरोधी क्षमता कमजोर रहेका जब अफ्रिकी देशहरुमा  फेल पनि भएक छन् ।

त्यसले गर्दा सामान्यतः मैले के भन्ने गरेको छु भने नेपालमा परीक्षण भएन तर भारतमा कुनै पनि भ्याक्सिन ट्रायल गरेको छ भने त्यसको प्रभावकारिता राम्रो छ भने नेपालमा पनि त्यो राम्रो हुन्छ । किनभने भारतसँग बायोलोजिकलदेखि लिएर हाम्रा धेरै कुराहरु मिल्दोजुल्दो भएकाले त्यहाँ राम्रो देखिएकामध्ये आर्थिक भार कमपर्ने खोप नेपालमा ल्याउन सकिन्छ । युरोपेली मुलुकमा राम्रो नतिजा देखायो भन्दैमा त्यही अवस्था यहाँ नेपालमा पनि हुन्छ भन्ने कुनै जरुरी छैन ।

एउटा जिज्ञासा, नेपालले फाइजरको भ्याक्सिन ल्यायो भने राख्ने, सम्बन्धित ठाउँसम्म पुर्याउने क्षमता छ ?

त्यसको त अभाव छ । नेपालमा माइसन ७० को फ्रिजर एकदमै औलामा गन्नस सकिने बाहेक छैन । हामीले भ्याक्सिन ल्याउँदा त्यो लाखौंको डोजमा ल्याइन्छ ।  सम्भवतः नेपाल सरकारले ७२ प्रतिशत जनतालाई खोप दिने भनेर निर्णय गरेको छ भनेर सुन्छु । । फाइजरको भ्याक्सिन ल्याउन खोज्यो भने एउटा अल्ट्राकोल्ड मेन्टेन गर्नुपर्ने हुन्छ, त्यसको लागि एकदम छुटै आर्थिक भार पर्न सक्ने देखिन्छ । फेरि त्यो भ्याक्सिन तत्कालै उपलब्ध नै हुने भयो भने पनि त्यस किसिमको बन्दोबस्त कहाँबाट गर्ने ? त्यसैले हामीकहाँको लजिस्टिक सपोर्ट  त्यो भ्याक्सिनको लागि म अलिकति व्यवाहारिक देख्दिनँ । त्यो बाहेक हामीले सामान्य रेफ्रिजरेटमा राख्ने खालका भ्याक्सिन भयो भनेदेखि त्यो अलि व्यवाहारिक हुन सक्छ ।

नेपाल सरकारले यो कुरामा विषेश ध्यान केन्द्रित गर्नुपर्ने होइन र ? 

शायद सरकारले यस बारेमा तयारी गरिरहेको नै होला । अनौपचारिक रुपमा सुन्दा उहाँहरुले हाम्रो रेफ्रिजरेटरमा राख्न मिल्ने खोपतिर ध्यान केन्द्रित गरेर ल्याउन खोजे जस्तो लाग्छ । कुन भ्याक्सिन ल्याउने भन्नेमा चाहिँ मेरो आफनो धारणा भारतमा परीक्षण गर्दा राम्रो नतिजा देखाएको कुनै पनि खोपको तथ्यांक पाउन पाए तीमध्ये  पनि आर्थिक भार कमपर्नेलाई छानेर ल्याएमा यसले समुदायमा पनि राम्रो प्रभावकारिता हुन सक्ला भनेर अनुमान लगाउन सकिन्छ ।

अन्तरवार्ता उतार : माया श्रेष्ठ

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.