बेलायतमा नयाँ वर्षको दिन थपिए ५३ हजारभन्दा बढी संक्रमित

लन्डन । अङ्ग्रेजी नयाँ वर्ष २०२१ को पहिलो दिन नै बेलायतमा ५३ हजारभन्दा बढी संक्रमित थपिएका छन् । पछिल्ला केहि दिनहरुमा संक्रमितको संख्या निरन्तर दैनिक रुपमा ५० हजार भन्दा बढी पुग्ने गरेको छ । नयाँ वर्ष लागेकै दिन शुक्रबार ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ५३ हजार २८५ नयाँ संक्रमित थपिएका हुन् । । नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या पनि २५ लाख ४२ हजार ६५ पुगेको छ ।
यसैगरी कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि ७४ हजार नाघेको छ । बितेको २४ घन्टामा थप ६१३ जना नयाँ संक्रमितको मृत्यु भएको भएको छ । पछिल्ला दुई दिनको तुलनामा मृतक संख्यामा केहि कमी आएको हो । मृतक संख्या बुधबार ९८१ जना पुगेको थियो भने हिजो बिहीबार ९६४ पुगेको थियो । हालसम्म बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७४ हजार १२५ पुगेको छ ।
पछिल्लो २४ घन्टामा दुई हजार चार सयभन्दा बढी संक्रमितहरु अस्पताल भर्ना भएका छन् भने भेन्टिलेटर बेडमा उपचार गराउनेको संख्या एक हजार ८४७ पुगेको छ । अहिले बेलायतको अस्पतालमा उपचार गराउनेको संख्या झन्डै २४ हजार पुग्न लागेको छ । अस्पताल भर्ना हुनेको संख्या बेलायतमा कोरोना महामारी शुरु भएयताकै सबैभन्दा उच्च हो ।
बेलायतमा हाल कोरोना विरुद्ध फाइजर–बायोएनटेकद्वारा विकसित गरिएको झन्डै दश लाख खोपको पहिलो डोज वितरण गरिसकिएको सरकारले जानकारी दिएको छ । आगामी सोमबारबाट अक्सफोर्ड–एष्ट्राजेनेकाद्वारा विकसित खोपको पनि वितरणको तयारी गरिएको छ ।
सोमबारबाट बेलायतमा दुई कम्पनीद्वारा उत्पादित कोरोना विरुद्धको खोप वितरण हुनेछ । सरकारले यसअघि दिएको जानकारी अनुसार जनवरी ४ तारिखबाट दुई हप्ताभित्र करिब बीस लाख मानिसलाई प्रथामिकताको आधारमा खोप दिइने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : हिंसात्मक बन्यो शिक्षक आन्दोलनदेखि .गगन थापाविरुद्ध अवहेलना मुद्दा दर्तासम्म
-
शिक्षक र सञ्चारकर्मीमाथिको दमन निन्दनीय छ : माओवादी केन्द्र
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा