शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेलायतमा नयाँ वर्षको दिन थपिए ५३ हजारभन्दा बढी संक्रमित

शुक्रबार, १७ पुस २०७७, २२ : ४२
शुक्रबार, १७ पुस २०७७

लन्डन । अङ्ग्रेजी नयाँ वर्ष २०२१ को पहिलो दिन नै बेलायतमा ५३ हजारभन्दा बढी संक्रमित थपिएका छन् । पछिल्ला केहि दिनहरुमा संक्रमितको संख्या निरन्तर दैनिक रुपमा ५० हजार भन्दा बढी पुग्ने गरेको छ । नयाँ वर्ष लागेकै दिन शुक्रबार ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ५३ हजार २८५ नयाँ संक्रमित थपिएका हुन् । । नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या पनि २५ लाख ४२ हजार ६५ पुगेको छ ।

यसैगरी कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि ७४ हजार नाघेको छ । बितेको २४ घन्टामा थप ६१३ जना नयाँ संक्रमितको मृत्यु भएको भएको छ । पछिल्ला दुई दिनको तुलनामा मृतक संख्यामा केहि कमी आएको हो । मृतक संख्या बुधबार ९८१ जना पुगेको थियो भने हिजो बिहीबार ९६४ पुगेको थियो । हालसम्म बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७४ हजार १२५ पुगेको छ ।

पछिल्लो २४ घन्टामा दुई हजार चार सयभन्दा बढी संक्रमितहरु अस्पताल भर्ना भएका छन् भने भेन्टिलेटर बेडमा उपचार गराउनेको संख्या एक हजार ८४७ पुगेको छ । अहिले बेलायतको अस्पतालमा उपचार गराउनेको संख्या झन्डै २४ हजार पुग्न लागेको छ । अस्पताल भर्ना हुनेको संख्या बेलायतमा कोरोना महामारी शुरु भएयताकै सबैभन्दा उच्च हो ।

बेलायतमा हाल कोरोना विरुद्ध फाइजर–बायोएनटेकद्वारा विकसित गरिएको झन्डै दश लाख खोपको पहिलो डोज वितरण गरिसकिएको सरकारले जानकारी दिएको छ । आगामी सोमबारबाट अक्सफोर्ड–एष्ट्राजेनेकाद्वारा विकसित खोपको पनि वितरणको तयारी गरिएको छ ।

सोमबारबाट बेलायतमा दुई कम्पनीद्वारा उत्पादित कोरोना विरुद्धको खोप वितरण हुनेछ । सरकारले यसअघि दिएको जानकारी अनुसार जनवरी ४ तारिखबाट दुई हप्ताभित्र करिब बीस लाख मानिसलाई प्रथामिकताको आधारमा खोप दिइने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप