शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नं १ मा १४४ सङ्क्रमित निको भए, ३७ थप

शुक्रबार, १७ पुस २०७७, २२ : २०
शुक्रबार, १७ पुस २०७७

मोरङ । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा १४४ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । निको हुनेहरुमा होम आइसोलेसन र विभिन्न जिल्लाका कोभिड अस्पतालमा रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म निको हुनेहरुको सङ्ख्या २८ हजार ४३० पुगेको छ ।

सोही अवधिमा प्रदेशमा ३०९ जनाको पिसीआर परीक्षण गरिएकोमा १३ महिला र २४ पुरुष गरी ३७ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । थप हुने सङ्क्रमितहरुमा झापामा १८, मोरङमा नौ, सुनसरीमा छ, धनकुटा र इलाममा एक÷एक र प्रदेश बाहिरका दुई जना रहेका छन् । 

प्रदेशमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या २९ हजार ८१२ पुगेको मन्त्रालयले जनाएको छ । प्रदेशमा हालसम्म दुई लाख आठ हजार ९११ जनाको पिसीआर परीक्षण गरिसकिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप