शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरानाभाइरसविरुद्ध खोपको लहर :कहाँ कति हानियो ?

शुक्रबार, १७ पुस २०७७, १९ : ५२
शुक्रबार, १७ पुस २०७७

वर्ष २०२० कोरोनामय रह्यो।  एउटा भाइरसले संसारभरी डर र आतंकको ताण्डव मच्चायो।  यो सब हेरी विज्ञान चल्मलायो।  वर्षौंमा हुने काम संसारभरिका वैज्ञानिकले एकजुट भएर केही महिनामै गरी देखाए  ।  भाइरस विरुद्ध अनेकौं भ्याक्सिन बने।

यस क्रममा इंग्ल्याण्ड भ्याक्सिनेसन शुरू गर्ने पहिलो देश बन्यो।  इंग्ल्याण्ड फाइजर / बायोटेक कम्पनीको भ्याक्सिनलाई आपातकालीन अनुमति दिएर भ्याक्सिनेसन प्रारम्भ गर्यो।

इंग्लैंडले वर्ष २०२० को अन्तिम महिना डिसेम्बरको पहिलो सातामै भ्याक्सिनेसनको अनुमति दियो।  यसपछि एक एक गरी अन्य राष्ट्रले पनि भ्याक्सिनेसनको अनुमति दिए।  डिसेम्बर महीनामै २० भन्दा बढ़ी देशले भ्याक्सिनेसनको अनुमति दिएर सर्व साधारणलाई भ्याक्सिन दिने कामको शुरुवात भएको छ।

डिसेम्बरको अन्त्यसम्ममा संसारभरि ९५ लाख ४० हज़ारभन्दा बढ़ी मानिसलाई भ्याक्सिनको पहिलो डोज दिने काम सम्पन्न  भएको छ।  'अवर वर्ल्ड इन डाटा' को रिसर्च एण्ड डाटा टोलीका सदस्य Hannah Ritchie, Esteban Ortiz-Ospina, Diana Beltekian, Edouard Mathieu, Joe Hasell, Bobbie Macdonald, Charlie Giattino, and Max Roser  हरुले तैयार पारेको रिपोर्ट अनुसार चीनले सर्वाधिक ४५ लाख मानिसलाई भ्याक्सिनको पहिलो डोज दिइसकेको छ।  सबै देशको डाटा यस बमोजिम छ -

विश्व – ९.५४ मिलियन (३१ डिसेम्बर सम्म )

चीन – ४.५ मिलियन

अमेरिका – २.७९ मिलियन

इंग्लैंड – ९,४४,५३९ ( २७ डिसेम्बरसम्म  )

इजरायल – ७,९४,२०० ( ३०  डिसेम्बरसम्म )

जर्मनी – १,३१,६२६ ( ३० डिसेम्बर सम्म )

क्यानाडा – ८५,२७९ (३० डिसेम्बर सम्म )

बहराइन – ५७,३१७ (३० डिसेम्बर सम्म )

रूस – ५२,००० (२२ डिसेम्बर सम्म )

पोल्याण्ड – ३६,३०० (३० डिसेम्बर सम्म )

मेक्सिको – २४,९९८ ९(३० डिसेम्बर सम्म )

डेनमार्क – २३,८९५

पोर्चुगल – १६,७०१ (२९ डिसेम्बर सम्म )

इटाली – १४,८१३

रोमानिया – १०,८२९

चिली – ८,६४८ ( २७ डिसेम्बरसम्म )

क्रोसिया – ७,८६४ (३० डिसेम्बरसम्म )

अस्ट्रिया – ६,०००  (३० डिसेम्बरसम्म )

ओमान – ५,०४३

कुवेत – २,५०० (२८ डिसेम्बरसम्म )

फिनल्याण्ड – १,७६७

ग्रीस – १,७६३ (३० डिसेम्बरसम्म )

अर्जेन्टिना – ७०० (२९ डिसेम्बरसम्म )

फ़्रान्स – १३८ (३० डिसेम्बरसम्म )

अर्जेन्टिना र रूसले स्पुतनिक ( रूसमा बनेको ), बहराइनले चीनमा बनेको सिनोफार्म , चीनले आफ्नै cnbg  र सिनोवाक प्रयोग गर्नुका साथै ठूलो परिमाणमा फाइज़रको भ्याक्सिन किनेको छ। अन्य सबै देशले फाइज़रकै म्यासेन्जर आरएनए भ्याक्सिन प्रयोग गरेका छन्।  अमेरिकाले भने मोर्डना कम्पनीको भ्याक्सिन पनि प्रयोग गर्ने अनुमति दिएको छ।

यस गरी ऑक्सफोर्डको एस्ट्राजेनेका भ्याक्सिनलाई पनि कतिपय देशले अनुमति प्रदान गरेका छन। सबै भ्याक्सिनको दुइवटा डोज लिनुपर्ने प्रावधान रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी विज्ञान डेस्क
रातोपाटी विज्ञान डेस्क
लेखकबाट थप