शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गिनिजबुक अफ वर्ल्डमा नाम लेखाउन सफल टेल्जीको स्कुटर नेपाली बजारमा

शुक्रबार, १७ पुस २०७७, १८ : ५५
शुक्रबार, १७ पुस २०७७

काठमाडौं । टेल्जी स्कुटर तथा जिनियस मोटरसाइकलको नेपालको लागि एकमात्र आधिकारिक वितरक योम मा ई मोटर्स प्रालिले नयाँ इलेक्ट्रिक स्कुटर नेपालमा भित्र्याएको छ । कम्पनीले अङ्ग्रेजी नयाँ वर्ष २०२१ को अवसर पारेर टेल्जी लियोपार्ड इलेक्ट्रिक स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको लियोपार्ड स्कुटरमा २.५ किलोवाट पावरको मोटरका साथै ३.२ किलोवाट आवरको व्याट्रीप्याक रहेको छ । टेल्जी लियोपार्ड इलेक्ट्रिक स्कुटरले एक पटककोे फुलचार्जमा १३० किलोमिटरको रेन्ज प्रदान गर्छ । यस इलेक्ट्रिक स्कुटरको व्याट्री एक पटक फुल चार्ज गर्न ५ घन्टा लाग्छ । 

यसका अलावा यो स्कुटरमा की–लेस स्टार्ट, डिस्क ब्रेक, एलइडी डिस्प्ले, एलइडी लाइट, ट्युवलेस टायर, एन्टी थेफ्ट अलार्म, ५ स्टेप एड्जष्टेवल सस्पेन्सन, फास्ट चार्जीङ पोर्ट, ठुलो अन्डर सिट स्पेस लगायतका महत्वपुर्ण फिचरहरु समावेश रहेको छ ।  कम्पनीले नयाँ वर्षको उपलक्ष्यमा टेल्जी लियोपार्डमा २५ हजार रुपैयाँ बरावरको छुट प्रदान गर्ने समेत जनाएको छ । हरेक ग्राहकले लियोपार्डको खरिदमा १५ हजार नगद छुट प्राप्त गर्नेछन् भने १० हजार रुपैयाँ बराबरको एशोसरिज निःशुल्क पाउने छन् । एशोसरिजमा ५ हजार वरावरको ब्लुटुथ हेलमेट, पिलियन व्याक रेस्ट र फुट म्याट प्राप्त गर्नेछन् ।

यो स्कुटरमा उच्च स्तरीय प्रिन्टिङ क्वालिटी पीयू ८०० प्रविधिमा प्रिन्ट गरिएको छ । नेपाली बजारमा टेल्जी लियोपार्ड रातो, सेतो र गोल्डेन गरि तीन कलरमा उपलब्ध रहेको छ । टेल्जी लियोपार्ड इलेक्ट्रिक स्कुटरको मूल्य २ लाख १० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

कम्पनीले नेपाल भित्र्याएको टेल्जी लियोपार्ड गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गर्न सफल स्कुटर हो । यो इलेक्ट्रिक स्कुटरले एक पटकको फुल चार्जमा ६५६.८ किलोमिटर यात्रा गरेर उक्त रेकर्ड राख्न सफल भएको थियो । टेल्जी ब्रान्डको स्कुटर ७७ देशमा बिक्री भइरहेको छ भने यो चिनियाँ प्रमुख ३ ठूला उत्पादक कम्पनीहरु मध्येको एक रहेको छ । त्यस्तै टेल्जी ब्रान्ड संयुक्त राष्ट्रसंघको इन्भाइरोमेन्ट इ–मोविलिटी प्रोगाम पार्टनर तथा ट्राभल पार्टनसर समेत रहेको छ ।

उक्त स्कुटर सार्वजनिक कार्यक्रममा योम मा इ  मोटर्स प्रालिका सञ्चालक सञ्जिव सिल्पकारले भने, ‘हामीले नेपाली बजारमा आकर्षक मूल्यसहित टेल्जी ब्रान्डका उत्कृष्ट स्कुटरहरु बिक्री गर्दै आएका छौ । अहिले नेपालमा भित्र्याएको टेल्जी लियोपार्ड नेपाली भूगोल सुहाउँदो र नयाँ टेक्नोलोजीमा आधारित स्कुटर हो । आगामी दिनमा पनि ग्राहकको चाहना अनुरुप यस्तै थुप्रै नयाँ उत्पादन ग्राहक माझ भित्र्याउने छौं । हामीले टेल्जी ब्रान्डलाई स्थापित गर्नका लागि बिक्रीमा मात्र ध्यान केन्द्रित नगरि बिक्री पछिको सेवालाई पनि त्यत्तिकै महत्वका साथ अघि बढाउँदै जानेछौ ।’ 

त्यस्तै कम्पनीका अध्यक्ष राजेश राजकर्णिकारले भने, ‘हामीले वातावरण मैत्रीमात्र नभएर ग्राहकहरुको बजेट सुहाउँदो स्कुटर ल्याएका छौं । टेल्जीका स्कुटर नेपाली बजार सुहाउँदो मूल्य तथा अन्य कम्पनीको तुलनामा धेरै किलोमिटर रेन्ज दिने पक्का छ । हामी हाम्रा ग्राहकलाई उचित मूल्यमा उत्कृष्ट उत्पादन उपलब्ध गराउने प्रतिबद्धता जाहेर गर्दछौं ।’

योम माइ मोटर्स प्रालिले हाल नेपालमा टेल्जीका तीन मोडलका स्कुटर तथा जिनियस ब्रान्डका दुई मोडलका मोटरसाइकल विक्री गर्दै आएको छ । कम्पनीले लक डाउनका बीच नक्साल नारायण चौरमा शोरुमको उद्घाटन गरेर बिक्री प्रारम्भ गरेको थियो । उक्त शोरुमको उद्घाटन नेपाल विद्युत प्राधिकरणका निर्वतमान निर्देशक कुलमान घिसिङ र नेपाल आबिष्कार केन्द्रका अध्यक्ष महाविर पुनले गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप