लुटेरा खोज्दा स्कुटर चोर भेटिए
![लुटेरा खोज्दा स्कुटर चोर भेटिए](https://rpcdn.ratopati.com/media/albums/pakrau_1_pymo4MfZoQ.jpg)
काठमाडौं । मैतिदेवी र पुरानो बानेश्वर बीचमा रहेको सन्दुस सहकारीको कलेक्टरमाथि बुधवार दुई जनाले छुरा हाने । अनि, साथमा रहेको पैसाको झोला लुटेर भागे । चावहिलको सो घटना अनुसन्धान गर्ने महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत गौशालाको टोलीलाई अर्को सफलता हात लागेको छ । प्रहरीले सहकारीका कलेक्टर प्रेम गजमेरलाई छुरा हान्नेलाई भोलिपल्ट पक्राउ गरे । उनीहरुसँगै थप ३ जना स्कुटर र मोटरसाइकल चोरलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
स्कुटर र मोटरसाईकल चोरीमा संलग्न कमलाक्षी घर भएका २९ वर्षीय रोहन शाही नेपाली, जुम्लाका हरि शर्मा र काठमाडौंको नरदेवी घर भएका २२ वर्षीय अभय तुलाधरलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । उनीहरुबाट चोरी गरेको ३ वटा स्कुटर र एउटा मोटरसाईकल प्रहरीले बरामद गरेको छ । उनिहरुमाथि चोरी मुद्धामा अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी जितेन्द्र बस्नेतले रातोपाटीलाई बताए ।
विगतमा सो समूह गुडिरहेको गाडीबाट चुरोट, कपडा र टिभी चोरेर बिक्री गरेको आरोपमा पटक–पटक थुनामा परेको थियो । अहिले उनीहरु मोटरसाईकल चोरी र लुटपाटमा लागेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । पुस १५ मा चावलिह ए–वान क्याफे नजिकै २५ वर्षीय प्रेम गजमेरलाई लुट्ने नरदेवी घर भएका अमित तुलाधर र रोहित शाहीलाई गौशाला प्रहरीले डाँका र ज्यानमार्ने उद्योगमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
बा.५९प २९५६ नम्बरको डिओ स्कुटरमा गएका अमित र रोहितले गजमेरलाई छुरा हानेर १ लाख ६६ हजार ९ सय रुपैयाँ लुटेको प्रहरीलाई बताएका छन् । गजमेरले आफ्नो २ लाख रकम लुटिएको दाबी गरेका छन् । महाराजगञ्ज स्थित अमितको कोठाबाठ प्रहरीले २६ हजार नगद र घटनामा प्रयोग भएको दुईवटा रामपुरी चक्कु बरामद गरेको छ । आरोपीको कोठामा सन्दुस सहकारीको कागजात पनि फेला परेको डिएसपी बस्नेतले बताए ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिरोमा परेर मृत्यु भएका अनुपमको स्मृतिमा फुटबल प्रतियोगिता
-
अध्यादेशमा सबैको नजर उपेन्द्रतर्फ, महन्थ ठाकुर पनि छैनन् सन्तुष्ट
-
वरिष्ठ अधिवक्ता त्रिपाठीलाई आक्रमण गरेको आरोपमा थप १ जना पक्राउ
-
वरिष्ठ अधिवक्ता त्रिपाठीलाई आक्रमण गर्ने ३ जनालाई धरौटीमा छाड्न आदेश
-
बीमक संघमा नयाँ कार्यसमिति निर्विरोध, अध्यक्षमा बैदवार
-
संघीय सरकारले समानिकरणको अनुदान रकम नपठाउँदा प्रदेशलाई आर्थिक भार थपियो : मुख्यमन्त्री आचार्य