शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

एभरेष्ट बैंकद्वारा चितवनको हाकिम चोकमा १०० औं शाखा विस्तार

शुक्रबार, १७ पुस २०७७, १७ : ५४
शुक्रबार, १७ पुस २०७७

चितवन । एभरेष्ट बैंक लिमिटेडले चितवनको हाकिम चोक मा आफ्नो १०० औं शाखाको उद्घाटन गरेको छ । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत जी.के. नेगी र नेपाल उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष राजु श्रेष्ठले संयुक्त रूपमा हाकिम चोक शाखाको उद्घाटन गरे । 

उद्घाटन समारोहमा प्रमुख कार्यकारी अधिकृत नेगीले हाकिम चोक क्षेत्रका बासिन्दाहरूलाई उच्च गुणस्तरको सम्पूर्ण अत्याधुनिक बैकिङ्ग सेवा प्रदान गराउने आश्वासन दिएका छन् । 

यसैगरी, बैंकले दाङको घोराहीमा पनि पुस १५ गतेबाट ९९ औं शाखा स्थापना गरी संचालनमा ल्याएको छ । घोराही स्थित शाखा पनि एभरेष्ट बैंकका सहायक महाप्रबन्धक केशब पौडेल र घोराही उप(महानगरका मेयर नरुलाल चौधरीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप