शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सिआइबिको नक्कली परिचयपत्र बनाउने गिरोह पक्राउ

शुक्रबार, १७ पुस २०७७, १७ : ३५
शुक्रबार, १७ पुस २०७७

जनकपुर । धनुषामा सिआइबिको नक्कली परिचय पत्र तथा स्ट्याम्प बनाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गर्दै सिआइबि लगायत अन्य नक्कली परिचयपत्र तथा स्ट्या बनाएको आरोपमा ४ जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

जनकपुरधाम उपमहानगरपालिका–९ मा सञ्चालित सिटी प्यालेस गेष्ट हाउस एण्ड फैमिली रेष्टुरेन्टमा बिहीबार अपराधिक गिरोहले सरकारी कागज दस्तखत छाप किर्ते गरि नक्कली कागजातहरु तयार गरिरहेको जानकारी प्राप्त हुनासाथ प्रहरीले उक्त होटलमा खनतलासी लिएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको टोलीले खानतलासी गर्दा सो होटलको कोठा नम्बर १०६ बाट ४ जनालाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार वस्नेतले जानकारी दिए । 

पक्राउ पर्नेमा भारत बिहार राज्य अररिया फाविशगंज घर भई मोरङ्गको विराटनगर उपमहानगरपालिका वडा नम्बर–१ बस्ने राजकुमार साहुका २७ वर्षीय छोरा समिर साह, महोत्तरी भङ्गहा नगरपालिका–९ बस्ने दिनेश यादवका २१ वर्षीय छोरा आदित्यकुमार यादव, जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने बैजनाथ साहका ३० वर्षीय छोरा चन्दन साह र जनकपुरधाम उपमहानगरपालिका –२ बस्ने सुट्टा साहका ५० वर्षीय छोरा रामचन्द्र साह रहेका छन् । 

उनीहरुको साथबाट प्रहरीले प्लास्टिकको ३ थान पेस्तोल, विभिन्न बैंक तथा कार्यालयहरुको ४० थान स्टाम्प, नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरो लेखिएको प्रमाणपत्र एक थान, प्रभु बैंक, सिद्धार्थ बैंक, गरिमा विकास बैंक, मेगा बैंकको नगद जम्मा भौचर, नविल बैंकको क्यास डिपोजिट स्लिप, नेपाल रेल्वे कम्पनी लिमिटेडको ३ थान आवेदन फारम, विभिन्न बैंकहरुका खाली चेकबुकलगायतका सामग्रीहरु बरामद गरिएको थियो ।  पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरी उपरीक्षक वस्नेतले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप