आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

६ हजार घुससहित प्रहरी हवल्दार अख्तियारको फन्दामा

शुक्रबार, १७ पुस २०७७, १७ : ३३
शुक्रबार, १७ पुस २०७७

६ हजार घुससहित ईलाका प्रहरी कार्यालय हरिनगरा, सुनसरीमा कार्यरत प्रहरी हवल्दार भोला यादव पक्राउ परेका छन् । 
 भारतबाट घरायसी सामान ल्याउन सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग अतिरिक्त रकम मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । 

उनले सेवाग्राहीबाट घुस लिएर खाजा होटल संचालन गर्ने स्थानीय व्यापारी विनोद साहलाई राख्न दिएका थिए । लगत्तै अख्तियारको टोलीले साहसमेतलाई हरिनगरा बजारबाट नियन्त्रणमा लिइथप अनुसन्धान भइरहेको जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप