बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

वामदेव गौतम राष्ट्रियसभा बैठकमा पहिलो पटक उपस्थित

शुक्रबार, १७ पुस २०७७, १६ : ३१
शुक्रबार, १७ पुस २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतम पहिलो पटक राष्ट्रियसभा बैठकमा सहभागी भएका छन् ।
संसदको सातौं अधिवेशनअन्तर्गत शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा गौतम सहभागी भएका हुन् । राष्ट्रियसभा सदस्यमा मनोनित भएपछि उनी पहिलो पटक बैठकमा सहभागी भएका हुन् ।

राष्ट्रियसभामा नेकपाका संसदीय दलका नेता दीनानाथ शर्माले गौतमलाई पार्टी एकता जोगाउने दिशामा सफलता मिलोस् भन्ने शुभकामनासमेत दिए । शर्माले गौतमले लगभग ‘विभाजित भइसकेको नेकपालाई पुनः एक बनाउन सकिन्छ भन्ने विश्वासका साथ काम गर्छु’ भनेकाले एकता कायम राख्न अझै झिनो आशा जीवित रहेको बताए । 

सरकारको सिफारिसमा गत असोज १ गते राष्ट्रपति  विद्यादेवी भण्डारीले नेकपा नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी थिइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप