शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अशोक उत्कृष्ट निर्णायक घोषित

शुक्रबार, १७ पुस २०७७, १६ : १२
शुक्रबार, १७ पुस २०७७

काठमाडौं। तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का टायरलेस हिरोज वेल्जियन कप २०२० मा उत्कृष्ट निर्णायक घोषित भएका छन् ।
वेल्जियम तेक्वान्दो महासंघको आयोजनामा डिसेम्बर २६ देखि २८ तारिसम्म भएको प्रतियोगितामा खड्का उत्कृष्ट चुनिएका हुन् । प्रतियोगितामा विभिन्न राष्ट्रका १० निर्णायक सहभागी थिए । 

भर्चुअल प्रतियोगितामा पुम्से र हाइ स्पिड किकमा प्रतिस्पर्धामा भएकोमा खड्काले दुवैमा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
प्रतियोगितामा विभिन्न ६६ राष्ट्रका १ हजार भन्दा बढी खेलाडीले सहभागिता जनाएका थिए । प्रतियोगितामा एसियाली र विश्व च्याम्पियनसिपमा पदक विजेता खेलाडीले पनि सहभागिता जनाएको खड्काले जनाएका छन् ।

खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका एक मात्र नेपाली अन्तर्राष्ट्रिय निर्णायक हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप