बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशसभा बैठक माघ ७ गते बोलाउन सिफारिश

शुक्रबार, १७ पुस २०७७, १४ : ११
शुक्रबार, १७ पुस २०७७

बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आजको बैठकले प्रदेशसभाको सातौँ बैठक (अधिवेशन) आगामी माघ ७ गते आह्वान गर्न प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँलाई सिफारिस गर्ने निर्णय गरेको छ । 

 मुख्यमन्त्री डोरमणि पौडेलका अध्यक्षतामा बसेको बैठकले चितवन जिल्लास्थित राप्ती नगरपालिकाको आफ्नै प्रशासकीय भवन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन सम्बन्धित निकायलाई पत्राचार गर्ने र यथाशीघ्र कार्यान्वयनका लागि अनुरोध गर्ने पनि निर्णय गरेको मन्त्रिपरिषद्का प्रवक्ता कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए । 

अब बस्ने बागमती प्रदेशसभाकाे बैठकलाई महत्वका साथ हेरिएको छ । नेकपाका प्रचण्ड नेपाल समूहका सांसदहरुले मुख्यमन्त्री डोरमणि पोडेलविरुद्ध अविस्वास प्रस्ताव ल्याएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप