शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

प्रचण्ड-नेपाल पक्षको निवेदन निर्वाचन आयोगले फिर्ता गरेको ओलीको दावी

शुक्रबार, १७ पुस २०७७, १३ : ५२
शुक्रबार, १७ पुस २०७७

काठमाडौं । प्रधानमन्त्री केपी केपी शर्मा ओलीले नेकपामा आएको विवादपछि आधिकारिकताका लागि प्रचण्ड–माधव नेपाल पक्षले दिएको निवेदन निर्वाचन आयोगले फिर्ता पठाइदिएको दावी गरेका छन् ।

शुक्रबार प्रवासी नेपाली मन्चका कार्यकर्तालाई जुममार्फत सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले सूर्य चिन्ह र नेकपा पनि आफ्नै समूहको हुने दावी गरे । ‘उहाँहरु सूर्य चिन्ह पाउँ भनेर निर्वाचन आयोगमा जानुभएको थियो,आयोगले निवेदनको रित नपेगेको, कानुन उल्लेख नभएको, फिर्ता पठाएको छ हिजो’ ओलीको भनाइ थियो । 

उनले सूर्य चिन्ह पनि आफ्नै भएको भन्दै कार्यकर्तालाई चिन्ता नगर्न आग्रह गरे । ‘सूर्य चिन्ह २०४८ देखि हाम्रो हो, एक दुई जना मान्छे छोड्दैमा सूर्य कहिँ जाँदैन । सूर्य चिन्ह हामीसँगै छ, बहुमत हामीसँगै छ’ ओलीले भने, ‘चुनावै हुँदैन चाहिँदैन भन्नेलाई किन चाहियो सूर्य चिन्ह ?’ यसैबीच निर्वाचन आयोगले भने ओलीको दावीबारे केही बताएको छैन । ओलीको दावीपछि हामीले निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले त्यसबारे आफूलाई जानकारी नभएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप