बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

डब्ल्यूएचओले दियो फाइजर भ्याक्सिनलाई स्वीकृति

शुक्रबार, १७ पुस २०७७, १३ : ३०
शुक्रबार, १७ पुस २०७७

विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) ले बिहीबार फाइजर र बायोनटेकको कोभिड–१९ भ्याक्सिनलाई आपतकालिन प्रयोगको अनुमति दिएको छ । अब विश्वभरका देशहरुलाई यस भ्याक्सिनको आयात र वितरणका लागि अनुमति प्रदान गर्न ढोका खुलेको छ । 

यसअघि नै बेलायत, अमेरिका, क्यानेडा, युरोपेली युनियनलगायत विभिन्न देशहरुले यस भ्याक्सिनलाई आपतकालिन प्रयोगको अनुमति दिएका थिए । यी देशहरुमा भ्याक्सिन लगाउने काम भइरहेको छ । 
डब्ल्यूएचओका मारियाएंगेला सिमाओले भनेका छन्, ‘संसारभर कोरोना भाइरस भ्याक्सिनको वैश्विक पँहुच सुनिश्चित गर्ने दिशामा यो निकै उपयोगी पहल हो । विश्वको जनसंख्याको आवश्यकलाई नियाल्दै भ्याक्सिनको पर्याप्त मात्रामा उपलब्धता सुनिश्चित गर्नका लागि वैश्विक स्तरमा अझै धेरै प्रयास गर्नुपर्ने आवश्यकता छ ।

 यस दिशातर्फ गम्भीर रुपमा विचार गर्नुपर्छ ।’ डब्ल्युएचओले संसारभरका विशेषज्ञहरुसँग भ्याक्सिनको सुरक्षा, प्रभावकारिता र गुणस्तरका आँकडाबारे समिक्षा गरिएको जनाएको छ । समिक्षाका दौरान यो भ्याक्सिन सुरक्षित र प्रभावकारी देखिएको डब्ल्युएचओले जनाएको छ । 

डब्ल्यूएचओबाट स्विकृति पाउने फाइजर विश्वकै पहिलो भ्याक्सिन हो । रुसको स्पुतनिक पाँचौ, बेलायतको अक्सफोर्ड–एस्ट्रेजेनेका, अमेरिकाको मोडर्नालगायत कम्पनीका भ्याक्सिनलाई विभिन्न देशले आपतकालिन प्रयोगको अनुमति दिएका छन् ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप