उदयपुरमा बालविवाह दर घट्यो, एक वर्षमा वर्ष दुईवटा मात्र उजुरी
उदयपुरमा बालविवाह दर घटेर न्यून भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार विगतमा उदयपुरमा प्रहरीमा बालविवाहसम्बन्धी निकै उजुरी आउने गरेको तर दुई वर्षदेखि घटेर यस वर्ष दुईवटा मात्र उजुरी परेको छ ।
बालविवाह कानूनीरुपमा पनि दण्डनीय छ । प्रहरीमा निवेदन आएपछि कानूनी कारवाही गर्ने र बालविवाह गर्न लागेकालाई र यसमा संलग्नलाई सम्झाइबुझाइ पठाउने गरेपछि प्रहरीमा सो सम्बन्धी उजुरी घट्दै गएर झण्डै शून्यमा झरेको छ ।
उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालका अनुसार गत वर्षहरुको तुलनामा यस वर्ष बालविवाहको उजुरी घटेर तल झरेको र दुईवटा निवेदनमात्र प्रहरीमा परेको छ ।
जिल्ला बालसङ्गठन तथा बालकल्याण समितिका अध्यक्ष भुवन दाहालका अनुसार विगतको तुलनामा अहिले जिल्लामा बालविवाहका दर निरन्तर घटेर झण्डै शून्यमा पुगेको छ । अध्यक्ष दाहाल भन्छन्, “विसं २०७२ मा जिल्लामा बालविवाहको घटना १२, २०७४ मा नौ र यस वर्ष दुईमा झरेको छ ।”
गाउँगाउँमा बाल सङ्गठन तथा बाल कल्याण समितिका अभियान, विभिन्न सामाजिक सङ्घसंस्थाको जनचेतनामूलक कार्यक्रम र प्रहरीको कारवाहीको कारण बालविवाह दर घटेको अध्यक्ष दाहाल बताउँछन् ।
सामाजिक अभियन्ता तथा महिला रक्षक सञ्जाल उदयपुरका पूर्वअध्यक्ष महेश्वरी राई विगतमा बालविवाह हुने गाउँ क्षेत्रमा अभिभावक र गाउँलेमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि भित्रभित्रै हुने बालविवाह नियन्त्रण हुँदै गएको बताउँछिन् ।
त्रियुगा नगरपालिका क्षेत्रमा भित्रभित्रै सबैभन्दा धेरै बालविवाह हुने राजावास, चुहाडे, जोगिदह क्षेत्रमा समेत अहिले बालविवाह शून्यमा झरेको बालविवाहविरुद्धका सामाजिक अभियान्ता माया भण्डारी बताउँछिन् ।
लिम्चुङबुङ गाउँपालिकाभित्र विगतमा भित्रभित्रै अभिभावकको मिलेमतोमा नै बालविवाह हुने गरेको भए पनि अब गाउँघरमा जनचेतना जागरण वृद्धि भएको, बालविवाह सम्बन्धी स्थानीय जनतामा कानूनी ज्ञान हुन थालेको कारण र बालविवाहविरुद्धको अभियानले अहिले बालविवाह शून्यमा झरेको सो गाउँपालिकाकी उपाध्यक्ष रमिला राईले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति ओमानबाट पक्राउ
-
महाभारत जङ्गलको आगलागी अझै नियन्त्रणमा आएन
-
हिमोफिलिया रोगको महँगो औषधी अब निःशुल्क
-
‘एक्टर : टेक वन’ को ‘एक्टिङ कन्टेस्ट’ घोषणा, विजेताले फिल्म खेल्न पाउने
-
सामसङ ग्यालेक्सी एस २५ अल्ट्रा सार्वजनिक, यस्ता छन् मूल्य र विशेषता
-
टिकटकमाथिको प्रतिबन्धबारे के भन्छन् ट्रम्प ?