मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

‘बेबी बम्प’ सँग अनुष्का शर्माले गराइन् फोटोसुट, फोटो भाइरल

शुक्रबार, १७ पुस २०७७, ०९ : ५५
शुक्रबार, १७ पुस २०७७

बलिउड फिल्म अभिनेत्री  अनुष्का शर्मा छिट्टै नै आमा बन्दैछिन् । उनले गर्भावस्थामा एक म्यागजिनका लागि फोटोसुट गराएकी छिन् । 

अनुष्काले म्यागजिनको कभर फोटो आफ्नो इन्स्टाग्राममा सेयर गरेकी छिन् । फोटो सेयर गर्दैैै उनले लेखेकी छिन्, ‘आफ्नो लागि सेयर गर्दैछु, जीवन भरीका लागि । भोग इन्डिया यो गर्न मज्जा आयो ।’

लकडाउनका कारण आफूले आफ्नो गर्भावस्था लुकाउन सफल भएको उनले बताएकी छिन् । उनले यसबारे भनेकी छिन्, ‘यो समय हाम्रो लागि आशीर्वाद साबित भयो । विराट मेरै वरिपरि हुन्थे, हामी यसलाई लुकाउन सफल भयौं । हामी क्लिनिक जान मात्रै बाहिर निस्कन्थ्यौं । बाटोमा कोही हुँदैनथे, कसैले हामीलाई देख्दैनथे । ’


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप