दीपिका पादुकोणले नयाँ वर्षमा डिलिट गरिन् आफ्ना सबै सोसल मिडिया पोस्ट ? इन्स्टाग्राम, ट्वीटर, फेसबुक खाली

बलिउड नायिका दीपिका पादुकोण यतिबेला आफ्ना श्रीमान् तथा बलिउड नायक रणबीर सिंहसँग राजस्थान जयपुरमा नयाँ वर्षको उत्सव मनाइरहेकी छिन् । यसैबीच नायिकाले आफ्नो सोसल मिडिया अकाउन्टमा ठूलो परिवर्तन गरेकी छिन् । दीपिका पादुकोणको सबै सोसल मिडिया – इन्स्टाग्राम, ट्वीटर, फेसबुक खाली भएका छन् । दीपिकाको सबै सोसल मिडिया अकाउन्टमा उनका सबै पोस्ट डिलिट भइसकेका छन् र यसले धेरैमा उत्सुकता जगाएको छ ।
यतिमात्रै होइन, दीपिकाका अकाउन्टको पोस्ट डिलिट हुनुका साथै उनको प्रोफाइल फोटो पनि परिवर्तन भएका छन् । उनको सबै सोसल मिडिया अकाउन्टमा उनको फोटोको साटो ‘इन्डिया टुडे’ म्यागजिनको कभर फोटो राखिएको छ । अब दीपिका आफैंले पोस्ट डिलिट गरेकी हुन् कि उनको अकाउन्ट ह्याक भएको हो वा उनको आउँदो फिल्मको प्रोमोशनको कुनै तरिका हो भन्नेबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन ।
दीपिका सोसल मिडिया प्लेटफर्ममा निकै सक्रिय रहन्छिन् । उनी आफ्ना फोटो पोस्ट गर्नुका साथै आफ्ना विभिन्न क्रियाकलाप पनि पोष्ट गर्ने गर्छिन् । दीपिका पादुकोणको इन्स्टाग्राममा ५ करोड बढी फलोअर्स छन्, यस्तै ट्वीटर र फेसबुकमा पनि उनका राम्रै फलोअर्स छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुलिसलाई हराउँदै आर्मी केपी ओली कपको सेमिफाइनलमा
-
महाशिवरात्रीको ट्राफिक व्यबस्थापनमा ८ सय ९०जना ट्राफिक प्रहरी खटिने, कहाँ-कहाँ छ पार्किङ सुविधा ?
-
ट्रम्पको कार्यकारी आदेशले यूएसएडका तीन कार्यक्रम रोकिए : अर्थ मन्त्रालय
-
बंगलादेशको एयरफोर्स बेसमा हमला, एक जनाको मृत्यु
-
हेरा फेरीको सिक्वेलसँग असन्तुष्ट थिए परेश रावल
-
मिसन इलाकातर्फ ११८ जना नेपाली शान्ति सैनिक