केन्द्रीय संस्करण

बेलायतमा एकै दिन ५५ हजार भन्दा बढी संक्रमित

person explore access_timeपुस १७, २०७७ chat_bubble_outline0

लन्डन । बेलायतमा कोरना संक्रमितको संख्याले पछिल्ला दिनहरुमा नयाँ रेकर्ड कायम गर्दै गैरहेको छ । सन् २०२० को अन्तिम दिन आज बिहीवार एकै दिन झन्डै ५६ हजार नयां कोरोना संक्रमित थपिएका छन् ।

 ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले  दिएकोजानकारी अनुसार गएको २४ घन्टामा थप ५५ हजार ८९२ जना नयाँ संक्रमित थपिएका छन्  । यससंगै बेलायतमा कोरोना संक्रमितको संख्या पनि २४ लाख ८८ हजार ७८० पुगेको छ ।

यसैगरी मृतक संख्या पनि सोहि अनुपातमा बढेको छ । बिहीबार सांझ सार्वजनिक तथ्याँक अनुसार पछिल्लो २४ घन्टामा थप ९६४ जना कोरोना सनाक्रमितको  मृत्यु भएको छ । हिजो बुधबार ९८१ जना संक्रमितको मृत्यु भएको थियो ।

यो संख्या बेलायतमा कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछिकै सबैभन्दा उच्च हो ।  बेलायतमा हालसम्म कोरोना संक्रमणका कारण ७३ हजार ५१२ जनाको ज्यान गैसकेको सरकारी तथ्याँकले देखाएको छ ।

पछिल्ला दुई दिनमा मात्र एक हजार ९४८ जना संक्रमितको ज्यान गएको छ । यसैगरी दुई दिनभित्र एक लाख भन्दा बढी संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा मात्र दुई हजार ४३३ जना कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् ।

हाल बेलायतका अस्पतालमा २३ हजार भन्दा बढीको उपचार भैरहेको छ भने एक हजार ८४७ जनाको भेन्टिलेटर बेडमा उपचार भैरहेको छ ।

बेलायतमा हालसम्म ९ लाख ४४ हजार ५३९ जनालाई  फाइजर-बायोएनटेकद्वारा विकसित खोप दिइसकेको सरकारी तथ्यांकमा उल्लेख छ ।

आउँदो सोमबार बाट भर्खरैमात्र बेलायत सरकारद्वारा मान्यता प्राप्त अक्सफोर्डद्वारा विकसित खोप वितरण कार्य शुरु गर्ने सरकारले बताएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.